अभिनेत्री परमिताको प्रेम ‘ब्रेकअप’, यसरी गरिन् पुष्टि


२५ कार्तिक २०७५, आईतवार
pramita bf breckup FqGBcvCBEt

काठमाडौं, २५ कात्तिक । अभिनेत्री परमिता आरएल र हिसी लोसांगको प्रेम सम्बन्धको खबरले केहि समयअघि सिने क्षेत्र तताएको थियो ।

pramita bf breckup FqGBcvCBEt

केही समयअघि मात्र लोसांगलाई आफ्नो प्रेमी भन्दै सार्वजनिक गरेकी परमिताले फेरि सम्बन्ध इण्ड भएको जानकारी गराएकी छन् । जन्म दिनको अवसरमा उनका प्रेमी हिसी लोसांगले औँठी लगाई दिएको तस्बिर सार्वजनिक गरेकी परमिताले अहिले ब्रेकअपपछिको पीडा उसरी नै खुलासा गरेकी हुन् ।

कतिपय मानिसहरुले परमिताको जन्मदिनमै टिकाटालो गरेको अड्कल समेत लगाएका थिए । तर पछिल्लो समय उनीहरुको ब्रेकअप भएको खबर सञ्चार माध्यमहरुमा आइरहेका छन् । यसको पुष्टि परमिता आफैँले गरेकी छन् ।

परमिताले आफ्नो इन्स्टाग्राममा स्टाटस लेख्दै आफ्नो ब्रेकअप भएको पुष्टी गरेकी हुन् । उनले आफ्नो इन्स्टाग्राममा यस्तो स्टाटस लेखेकी छिन् । ‘यो सबैका लागि हिसी तिमीलाई धन्यवाद छ । तिमीले मलाई पीडा सिकाएका छौ ।

म अहिले पहिलेको भन्दा झनै शक्तिशाली भएकी छु । म प्रेममा अन्धो भएकी रहेछु । तर, मैले अहिले बल्ल बुझेँ कि म यो भन्दा पनि निकै राम्रो कुरा प्राप्त गर्न योग्य छु । यो सबै पीडाका लागि तिमीलाई धन्यवाद ।’

केही समय अघि नायक आयुष्मान देशराज जोशीसँगको प्रेम सम्बन्धबाट टाढा भएकी थिइन् । उनीसँग टाढिएका नायक आयुष्मानले नायिका प्रियंका कार्कीसँग टिकाटालो गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७