एमबीबीएसको प्रवेश परीक्षा रद्द


४ मंसिर २०७४, सोमबार
mbbs

काठमाडौ: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले गत असोज २८ गतको एमबीबीएसको प्रवेश परीक्षा रद्द गरेको छ ।आईओएमले आइतबार बेलुकी सूचना जारी गरी परीक्षा रद्द गरेको जानकारी दिएको हो ।mbbs

सूचनामा आईओएमले त्रि।वी। कार्यकारी परिषद्को वैठकले दिएको निर्देशनको आधारमा परीक्षा रद्द गर्ने निर्णय गरेको जनाएको छ । साथै प्रवेश परीक्षाको नयाँ मितिबारे आईओएमको वेभसाइटमार्फत जानकारी दिइने आईओएमले जनाएको छ ।

आईओएमले गत असोज २८ गते लिएको एमबीबीएसको प्रवेश परीक्षामा केही विद्यार्थीहरुले इलेक्ट्रोनिक डीभाइसमार्फत चिट चोरेको पाइएपछि पुनः परीक्षा हुनु पर्ने माग राख्दै चौतर्फी रुपमा विरोध हुँदै आएको थियो ।

प्रहरीले फेला पारेको उत्तर सेट र संस्थानले लिएको प्रवेश परीक्षाको प्रश्नपत्रको उत्तर सेट भिडाउँदा ६० मध्ये १४ प्रश्नको उत्तर मिलेको थियो । यसका आधारमा प्रहरी र मेडिकल काउन्सिलले परीक्षा समयअगावै प्रश्नपत्र बाहिरिएको निष्कर्ष निकालेको थियो ।

विश्वविद्यालयले गठन गरेको छानबिन समितिले समेत परीक्षा अमर्यादित भएको निष्कर्ष निकालेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले नियमअनुसार रद्द गर्न आईओएमलाई निर्देशन दिएको थियो । उक्त परीक्षामा ७ मेडिकल कलेजका ६२५ सिटका लागि ८ हजार ८ सय २७ जनाले परीक्षा दिएका थिए ।  अर्को परीक्षा मिति चाँडै घोषणा गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७