‘समृद्ध ताप्लेजुङका लागि मेरा योजना र सपना’

नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाई वाम गठबन्धनले ताप्लेजुङबाट प्रतिनिधिसभाका लागि उम्मेदवारको रुपमा अघि सारेको छ । २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका–३) मा जन्मिएका सचिव भट्टराई ताप्लेजुङबाट चुनाव लड्ने निश्चियसँगै जिल्लामा नयाँ रौनक र उत्साह थपिएको छ । राष्ट्रिय राजनीतिमा गहिरो र हस्तक्षेपकारी प्रभाव राख्ने युवा नेता जिल्लाको उम्मेदवार बन्नेभएपछि जिल्लामा नयाँ आशा पनि जागेको हो । जिल्लाले असल र बलियो अभिभाकत्व र संरक्षकत्व पाउने भएपछि जिल्लाबासीहरु उत्साही भएको जिल्लाका अगुवा रमेश बराल बताउँछन् । वाम गठबन्धनसँगै जिल्लाका साना दल, नागरिक समाज तथा सामाजिक आन्दोलनका अगुवाहरुले समेत भट्टराईलाई जिताउने अभियानमा जुटेको स्थानीय सञ्चारकर्मी बताछन् ।

प्राकृतिक सम्पदाको हिसाबले समृद्ध ताप्लेजुङलाई देशकै सुन्दर बगैँचाका रूपमा विकास गर्न सकिन्छ भन्ने उनको विश्वास छ । शान्तिपूर्ण अप्रिल क्रान्तिले लोकतान्त्रिक राजनीतिक क्रान्तिका मुख्य कार्यभार पूरा भएकाले अब आर्थिक क्रान्तिलाई मूल मन्त्र बनाएर राष्ट्रको आर्थिक-सामाजिक समृद्धिका लागि सिंगो राष्ट्र एकताबद्ध भएर लाग्नुपर्दछ भन्ने उनको दृष्टिकोण रहेको छ । देशबाहिर पोखिएको नेपाली युवाहरूको रगत र पसिनालाई नेपाली माटोमा नै एकाकार गराउनुपर्ने कुरामा उनको जोड छ । भन्छन् ‘सम्पूर्ण नेपाली नागरिकले श्रम गर्दै उत्पादनका काममा लाग्नुपर्छ । राष्ट्रिय पुँजी र उद्योगको विकासमा प्राथमिकता दिनुपर्छ । सबैले अनिवार्य कर तिर्नुपर्छ । अनि मात्र देशभित्र रोजगारीका अवसर सिर्जना हुन्छ । युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ ।’

हेर्नुहोस् संवाद :

भट्टराई साँघुकै (मैवाखोला गाउँपालिका) नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सकेर माध्यमिक शिक्षाका लागि संखुवासभाको मादी हुदै उच्च शिक्षाका लागि काठमाडौं आएका थिए । तर, उनी ताप्लेजुङको विकास र समृद्धिका लागि काठमाडौंमा हुने अभियानमा मात्रै होइन जिल्लामा भएका अभियानमा समेत सक्रिय सहभागी हुदै आएका छन् । ताप्लेजुङको समग्र विकासका निम्ति उनीहरुकै अगुवाइमा २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’को स्थापना भयो । उनी त्यसका संस्थापक महासचिव हुन् । ‘ताप्लेजुङ सरोकार केन्द्र’ स्थापनापछि ताप्लेजुङको विकासका लागि केन्द्रीय तहमा धेरै अभियानहरु भएका छन् ।

सबैको सहमति, समझदारी र सहकार्यमा ताप्लेजुुङलाई समृद्ध र ताप्लेजुङवासी जनतालाई सुखी बनाउने भट्टराईको ध्येय छ । ताप्लेजुङमा भएका सबै जाति, जनजाति, भाषा, धर्म र संस्कृतिप्रति सम्मान गर्ने उनी सबैको एकता र सामाजिक सद्भावलाई मूलमन्त्र मान्छन् । ताप्लेजुङको विकासका लागि सबैको साथ र सबैको हात लिएर अघि बढ्ने उनको प्रतिबद्धता छ । स्वाभाविक रुपमा सचिव भट्टराईसँग देशैभरका जनताहरुको आशा र अपेक्षा जोडिएका छन् । तर, यो वार्तामा ताप्लेजुङसँग जोडिएका उनका योजना र सपनाको बारेमा मात्रै बसह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्