‘भिसा नभएका विदेशीलाई टिकट दिने विमान कम्पनीलाई कार्बाही’


२६ कार्तिक २०७५, सोमबार
visa processing ySp9neM0rO

काठमाडौं, २६ कातिक । अध्यागमन विभागले प्रवेशाज्ञा भिसा र आगमन छाप आईरभल नभएका विदेशीलाई हवाई टिकट दिने आन्तरिक वायु सेवा कम्पनीहरुलाई कार्वाही गर्ने भएको छ ।

visa processing ySp9neM0rO

नेपालका कतिपय निजी कम्पनीले भिसा नभएका विदेशी नागरिकलाई समेत जथाभावी टिकट दिने गरेका छन् । विभागले जथाभावी टिकट दिने गरेका छन् ।

विभागले आईन्दा त्यस्तो दोहोरिए कडा कार्बाही गर्ने चेतावनी वायुसेवा कम्पनीहरुलाई दिएको छ । भिसा बिना नेपाल छिर्ने विदेशीलाई समेत कडा कार्वाही गर्ने तयारी विभागले गरेको जनाएको छ ।

अध्यागमन विभागले नेपालको भिसा र आगमन छाप नभएका विदेशीलाई हवाई टिकट नदिन आइतबार पर्यटन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणलाई पत्र पठाएको छ । आजको अन्नपूर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७