पीएको सल्लाहमा सिनेटको बैठक बोलाएर वीपी प्रतिष्ठानका भीसी हटाउने चलखेल


२६ कार्तिक २०७५, सोमबार

काठमाडौं, २६ कात्तिक । स्वास्थ्य मन्त्री उपेन्द्र यादवले स्वकीय सचिव जितेन्द्र यादवलाई सरुवामा आर्थिक लेनदेन गरेको आरोपमा हटाइसकेका छन् । तर उनका सरकारी पीए उपसचिव भवनाथ खतिवडाले निवर्तमान सचिव डा. पुष्पा चौधरीसँग मिलेर सरुवामा ब्यापक लेनेदन गरेको आरोप लागेको छ । डा. चौधरीले नै खतिवडालाई मन्त्री यादवको पीए बनाउने भूमिका खेलेकी हुन् । उनको डिजाइनमा निजी सचिव भएका कारण अहिले पनि मन्त्रीको कुरा हरेक दिन डा. चौधरीलाई लगाउने गरेका छन् । सचिव चौधरी लेनेदनमा विवादित भएकाले मन्त्री यादवले उनलाई सरुवा गरिसकेका छन् ।

upendra yadab


स्वकीय सचिव आर्थिक लेनदेन गरेको आरोपमा हटाउने मन्त्री यादवले सचिवको आडमा सरुवामा असुली गर्ने खतिवडालाई भने निजी सचिवमै राखेका छन् । उपसचिव भवनाथ खतिवडाले उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवलाई विवादमा ल्याउने काम गरिरहेका छन् । खतिवडाको सल्लाहमा मन्त्री यादवले आगामी मंसिर ५ मा वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सिनेट बोलाएका छन् । उपकुलपति राजकुमार रौनियार(आरके)लाई हटाउने मनसायले सिनेट बोलाउनका लागि खतिवडालाई पूर्व उपकुलपति बलभद्र दासले परिचालन गरेका छन् । निजी सचिव खतिवडाकै सल्लाहमा मन्त्री यादवले सिनेट बोलाएर रौनियार हटाउन खोजेका छन् । उपकुलपति हटाउनका लागि सिनेटको २५ प्रतिशत सदस्यले कुलपति प्रधानमन्त्रीसमक्ष निवेदन दिनुपर्छ । सिनेटका सदस्यले निवेदन नै नदिएको अवस्थामा उपकुलपति हटाउने खतिवडाको सल्लाहमा मन्त्री यादवले बैठक राखेका छन् । जसका कारण सहकुलपति मन्त्री यादवमात्र होइन, प्रधानमन्त्री केपी ओली समेत विवादमा तानिने भएका छन् ।
वीपी स्वास्थ्य प्रतिष्ठानका पूर्व उपकुलपति बलभद्र दास र रजिष्टार तुलबहादुर श्रेष्ठको डिजाइनमा खतिवडामार्फत् मन्त्री यादवलाई प्रभावमा पारी सिनेटबाटै उपकुलपति हटाउने चलखेल भइरहेको छ । वीपी दासको कार्यकालमा वीपी प्रतिष्ठान भ्रष्टाचारका कारण बदनाम भएको थियो । जसमा रजिष्टार श्रेष्ठ पनि उत्तिकै दोषी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७