तेजेन्द्र गन्धर्व अर्थात् नेपाली माटोको सुगन्ध


२६ कार्तिक २०७५, सोमबार
तेजेन्द्र गन्धर्व

काठमाडौं, २६ कार्तिक । नेपालमा अनेक नामका सिङगिङ रियालिटी शोहरु सञ्चालनमा छन् । नेपाली तारा, नेपाल आइडल लगायतका शोहरु सञ्चालनमा छन् ।

तेजेन्द्र गन्धर्व



विश्वकै चर्चित गायन रियालिटी शो ‘द भ्वाइस’ को नेपाली संस्करण (फ्रेञ्चाइज) ‘द भ्वाइस अफ नेपाल’ पछिल्लो समयमा नेपालमा चर्चित छ । विश्वका १९२ भन्दा बढीहरु सफल प्रसारण भएको यो प्रतियोगिताले नेपालमा पनि मन जितेको छ । यसको चर्चाको एक कारण हो, गन्धर्वहरुको गीत र सारङ्गी ।

नेपाल आइडल निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दै आएको यो रियालिटी शोले भोजपुरको दुर्गम बस्तीबाट गन्धर्वहरुलाई मञ्चसम्म ल्याएको छ । गाउँ बस्ती र सडकमा गाउदै हिड्ने गन्धर्वहरुलाई मञ्चसम्म ल्याएपछि ‘द भ्वाइस अफ नेपाल’ पनि प्रशंसा पनि उत्तिकै छ ।
तीन गन्धर्व मध्ये दुई जना भने शोबाट बाहिरि सकेका छन् ।

आइतबार राती वर्त गन्धर्व  भोटिङ्गबाट बाहिरिएकी छिन् । अब बाँकी छन्, तेजेन्द्र गन्धर्व । तेजेन्द्रले गत आइतबार ‘द भ्वाइस’ को आइतबार रातिको कार्यक्रममा निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई समेटेर गीत प्रस्तुत गरेका थिए । यो गीतको सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा भएको थियो । तेजेन्द्रको कोच गायक प्रमोद खरेलले पनि यो गीतको कारण प्रशंसा बटुलेका थिए । तेजेन्द्रले सारङ्गी रेटेर गाएको गीतमा निर्मलाको बलात्कारपछि भएको हत्या र त्यसपछिको अनुसन्धानका विषय समटेका थिए ।

गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी भीमदत्तनगर–२ कि निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । अझैसम्म निर्मलाको हत्याराको पहिचान हुन सकेको छैन । समाचारमा आएका विषयहरुलाई तेजेन्द्रले गीतमा लयवद्ध गरेर गाएका थिए ।

नेपाली माटोको सुगन्ध
पछिल्लो समयमा ‘रियालिलिटी शो’हरु नेपालमा फेसन जस्तै भएको छ । गायनमा पनि अनेकौं शोहरु आइरहेका छन् । तर, गायनको शोमा नेपाली मौलिक संगीत भने कमै सुन्न पाइन्छ । यस्ता शोहरुमा बढी पछिल्लो आधुनिक पप शैलीका गीतहरु मात्रै बढी प्रस्तुत भएका छन् । तर, गवन्र्धहरुको सारङ्गीसँगैको गायनले मञ्च पाउनु आफैमा राम्रो बिषय भएको एक जना समाजिक अगुवा निकोम श्रेष्ठ बताउँछन् । भन्छन्, ‘तेजेन्द्र वास्तवमा माटोको सुगन्ध हो ।’

नेपाली गायनमा अनेक ‘रियालिलिटी शो’ आए । आइरहेका छन् । यस्ता शोहरुले हरेक वर्ष नयाँ प्रतिभाहरु छानिरहेका छन् । छानिनेछन् । घोषित हुनेछन् । समाजमा अनेकौं प्रतिभा थिए । छन् । तर, सारङ्गीको धुनसँगै हाम्रो माटो कथा भन्ने, हाम्रो बाटोको व्यथा सुनाउने गन्धर्वहरु बिस्तारै दुलर्भ बन्दैछन् ।

सारङ्गी रेट्दै हाम्रो कथाहरु सुनाउने गन्धर्वहरु हाम्रो त्यस्तो सम्पति र मौलिक प्रतिभा हो, जो संसारको अरु कुनामा पाइन्दैन । अनेक प्रतिभाहरु त जन्मेलान् ? तर, सारङ्गी रेट्ने प्रतिभाहरु जन्मिन छोडीसक्यो । औलामा गन्न सकिने प्रतिभा मध्येका हुन् भोजपुरका तेजेन्द्र ।

तेजेन्द्र भोजपुरको एउटा गरिब परिवारमा जन्मिएर संघर्ष गर्दै आएका प्रतिभा हुन् । ‘द भ्वाइस अफ नेपाल’मा प्रतिस्पर्धा गरीरहेका तेजेन्द्र छन् तेजेन्द्र । त्यसो त तेजेन्द्रका आफ्नै अनेक पीडाहरु पनि नभएका भने होइनन् । अन्य प्रतिस्पर्धीको जस्तो उनको अभियान समुह पनि छैन । सामाजिक सञ्जालमा आउन समेत उनलाई समस्या छ । फेसबुक लाइभ गर्न समेत साथीहरुलाई गुहार्नुपर्ने बाध्यतामा छन् । यस्तो प्रतिभालाई माथि लैजान सबैले सहयोग गर्नु पर्ने सामाजिक अगुवा रेजिन श्रेष्ठ बताउँछन् । भन्छन्,‘तेजेन्द्रलाई भोट गरीदिन हुन म सबैलाई अनुरोध गर्छु । उनको आफन्ता नाता गोता भनेको नेपाली मौलिक संगीतलाई माया गर्नेहरु नै हौं ।’

सिङगिङ रियालिटी शो ‘द भ्वाइस’ को विजेताले कार, २५ लाख रुपैयाँ नगद र २० लाख बराबरको भिडियो कन्ट्रयाक पुरस्कारको रुपमा पाउनेछन् । 

‘द भ्वाइस’ हल्याण्डबाट डच टेलिभिजन प्रोडुसर जोन डे बोर्नले शुरु गरेका हुन् । यो सिङगिङ रियालिटी शो ‘द भ्वाइस’ अहिले विश्वका अधिकांश देशमा सञ्चालन भैरहेको 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७