नेपाल प्रहरीमा नयाँ एआइजी थपियो


२६ कार्तिक २०७५, सोमबार

काठमाडौं, २६ कातिक । सरकारले नेपाल प्रहरीमा एक जना अतिरिक्त महानिरीक्षक (एआइजी) नियुक्त गरेको छ ।

nepal police

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी अस्पतालकी प्रमुख डा। दुर्गा थापालाई प्राविधिकतर्फको एआइजी नियुक्त गरेको हो । गृह मन्त्रालयले उनलाई असोज २४ गते एआइजीमा बढुवा सिफारिस गरेको थियो ।

कुनै बेला नेपाल प्रहरीमा १६ जनासम्म एआइजी थिए । गत जेठमा सरकारले प्रहरीमा अप्राविधिकतर्फ तीन जना मात्र एआइजी राख्ने निर्णय गरेको थियो ।

सोहीअनुरूप गृह मन्त्रालयले भदौ २६ गते पुष्कर कार्की, ठूले राई र धिरू बस्नेतलाई एआइजीका लागि सिफारिस गरेको थियो । तीनै जना एआइजीले गत असोज ७ गते दज्र्यानी चिन्ह पाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७