सन्दीप र सोमपाल पिएसएल ड्राफ्टमा छनौट


२६ कार्तिक २०७५, सोमबार
1541995849sandeep sompal

काठमाडौं, २६ कातिक । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने र सोमपाल कामी आउँदो फेब्रुअरी १७ देखि हुने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा छानिएका छन् ।

1541995849sandeep sompal

पाकिस्तान सुपर लिगले अक्सनका लागि आइतबार सार्वजनिक गरेको खेलाडी ड्राफ्ट सूचीमा नेपालका सन्दीप र सोमपाल छानिएका हुन् ।

सन्दीप विदेशी खेलाडीको कोटा अन्तर्गत गोल्ड समूहको ड्राफ्टमा परेका छन् । बलर तथा अलराउण्डर सोमपाल सिल्भर समूहमा परेका छन् । ड्राफ्ट नोभेम्बरमा २० मा इस्लामबादमा हुने जनाइएको छ । त्यसैबाट सहभागी टिमले आफ्नो अन्तिम टिमका लागि खेलाडी छनोट गर्नेछन् । प्रत्येक टिममा कूल १६ खेलाडीहरु हुनेछन् ।

गोल्ड क्याटगरिका खेलाडीले कम्तिमा ५० हजार डलर प्राप्त गर्नेछन् । सिल्भर क्याटगरिका खेलाडीले न्युनतम २२ हजार अमेरिकी डलर पाउने प्रावधान रहेको छ । चौथो संकरणको पाकिस्तान सुपर लिग सन् २०१९ को १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानका शहरमा हुनेछ ।

ईपीएल, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग लगात थुप्रै अन्तर्राष्टिय लिग खेली सकेका र बीग ब्यासमा पनि अनुबन्ध भइसकेका सन्दीपको ड्राफ्टमा छनोट हुने सम्भावना बलियो छ । गत संकरणमा सन्दीप ड्राफ्टमा परे पनि कसैले छनोट गरेका थिएनन् ।
डबल राउण्ड रोविनका आधारमा खेलाईने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७