सरकारका काम कार्वाहीबारे हरेक साता जानकारी दिइने

‘सूचना लुकाउन खोजेका होइनौं, व्यवस्थित बनाउन खोजेका हौं’


२६ कार्तिक २०७५, सोमबार
prime minister mantri parisad

काठमाडौं, २६ कातिक । सरकारका विभिन्न निर्णय, कामका समीक्षाका बारेमा हरेक साता सञ्चारकर्मीसँग नियमित अन्तरक्रिया गर्ने तयारी भएको छ ।

prime minister mantri parisad

प्रधानमन्त्री केशी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले मन्त्रिपरिषद् बैठकका निर्णयलगायत अन्य कामका विषयमा सरकारका प्रवक्ता र पत्रकारबीच अन्तरक्रिया हुने गरी तयारी भएको जानकारी दिएका छन् ।

उक्त अन्तरक्रिया सम्भवतः हरेक बिहीबार हुनेछ । उनले भने, ‘सरकारले निर्णय लुकाउन खोजेको भन्ने होइन, कसरी व्यवस्थित र प्रभावकारी रुपमा प्रवाह गर्न सकिन्छ भन्ने सोचेको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७