राखी सावन्तमाथि महिला रेस्लरको आक्रमण, रेस्लरले पछारेपछि अस्पताल भर्ना


२६ कार्तिक २०७५, सोमबार
rakhi

काठमाडौं, २६ कातिक । पटक–पटक विवादमा आइरहने बलिउड आइटम डान्सर राखी सावन्त रेसलरसँग भिड्न खोज्दा घाइते बनेकी छन् ।

rakhi

महिला रेसलरले भुईंमा पछारेपछि अहिले उनी अस्पताल पुगेकी छन् । हरियणा राज्यको पञ्चकुलास्थिते ताउ देविलाल स्टेडियममा आयोजित सिडब्लुइ रेसलिङ प्रतियोगितामा राखी एक रेस्लरको च्यालेन्ज स्वीकार गर्दै ती रेसलरसँग भिड्न पुगेकी उनी कम्बरमा चोट लागेपछि अस्पताल भर्ना भएकी छन् ।

महिला रेस्लर रोबेलले पञ्चकुलाका महिलालाई आफूसँग भिडेर देखाउन चुनौति दिएपछि राखी रिङ्गमा पुगेकी थिइन् । रिंगमा पुगेकी राखीले रोबेललाई डान्सको चुनौती दिइन् । रोबेलले राखीको चुनौती स्वीकार गर्दै उनलाई डान्समा साथ दिइन् भने गीत समाप्त हुँना साथ रोबेलले राखीलाई काँधसम्म उठाए जोडले भुँइमा पछारिन् । त्यसबाट राखी घाइते बन्न पुगिन् ।

घाइते राखीलाई दुई व्यक्तिले बोकेर रिंगबाहिर निकालेका थिए । उनको अहिले जीरकपुरको एक अस्पतालमा उपचार भइरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७