भारतको राेजगारी ‘एचआइभी उपहार’, एआरटी खाँदै ७१७ संक्रमित


२६ कार्तिक २०७५, सोमबार
hiv ads

डोटी, २६ कातिक । डोटीमा ७१५ जना एचआइभी संक्रमितले उपचारका क्रममा नियमित रूपमा एआरटी नामक औषधि सेवन गर्न थालेका छन् ।

hiv ads

नियमित औषधि सेवन गर्नेहरु फुर्तिलो भई सहज जीवनयापनमा सघाउ पुगेको छ । औषधि सेवन गरे अझै केही समय बाँच्न सकिन्छ भन्ने जानकारी पाएपछि आफूहरु लगातार रुपमा एआरटी नामक औषधि खान थालेको एआरटी औषधि खाइरहेका संक्रमित एक युवाले बताए । उनले भने, ‘जानअन्जानले गल्ती भयो, सहज जीवनयापन का लागि औषधि खान थालेको छु ।’

आर्थिक वर्ष २०७४–७५ सम्ममा एचआइभी-एड्सले डोटीमा १११ को ज्यान गएको जिल्ला अस्पताल डोटीले जनाएको छ । आव २०७१–७२ मा एचआइभीले मृत्यु हुनेको संख्या ८७ रहेकोमा आव २०७३–०७४ मा ९४ पुगेको थियो ।

जिल्लाका ९३१ संक्रमितमध्ये ७१५ ले एआरटी सेवन गरिरहेको जिल्ला अस्पताल डोटीका डा. गिरिश अवस्थीले जानकारी दिए । आव २०७१–७२ मा एआरटी सेवन गर्ने ४३१ थिए । आव २०७२–७३ मा सो संख्या ५१२ पुग्यो ।

डोटीमा खासगरी कामको सिलसिलामा भारत जाने पुरुषले त्यहाँ गर्ने असुरक्षित यौन सम्पर्कका कारण उनीहरुबाटै एचआइभी संक्रमण हुने गरेको सो क्षेत्रमा काम गर्ने संस्था बताउँछन् ।

संक्रमितबाट तिनका श्रीमतीसमेत संक्रमित हुने हुँदा तिनका सन्तानमा समेत त्यसको असर परेको बताइन्छ । सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली तथा डोटीमा एचआइभी संक्रमितको संख्या अरु जिल्लाभन्दा बढी भएको सरोकारवालाको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७