एकै दिन डेढ सयको मृत्यु


२६ कार्तिक २०७५, सोमबार
yemen 20160523 600 855

काठमाडौं, २६ कातिक । यमनको प्रमुख शहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा एक सय ४९ जनाको मृत्यु भएको चिकित्सक र सैनिक स्रोतले सोमबार बताएका छन् ।

yemen 20160523 600 855

युद्धमा सात जना सर्वसाधारणको मृत्यु भएको छ, तर यस घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ । साउदी अरेबियाको समर्थन प्राप्त संयुक्त गठबन्धनको सहयोगमा यमनको सरकारी फौजले इरान समर्थित हुथी विद्रोहीविरुद्ध गरेको कार्बाहीमा यो हताहती भएको हो ।

होडेडा शहरमा रातभर भएको यस लडाईंमा ११० जना विद्रोही लडाकू र ३२ जना सरकारी सैनिकको मृत्यु भएको जनाइएको छ । साउदी अरेबियाआबद्ध संयुक्त सैनिक गठबन्धनले विद्रोहीलाई लक्ष्य गरी कैयौं पटक हवाई आक्रमण गरेको सैनिक स्रोतले पुष्टि गरेको छ ।

saudi

यमनको बढी जनसंख्या भएको शहर होडेडामा गत नोभेम्बर १ बाट शुरु भएको पछिल्लो लडाईंका कारण करिब ६ सय जनाको मृत्यु भइसकेको छ ।

huthi

सन् २०१५ देखि यमन सरकारको समर्थन गर्दै साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध हवाई कार्बाही गरिआएको छ । संयुक्त राष्ट्रसंघले यमनमा जारी गृहयुद्ध विश्वकै सबैभन्दा डरलाग्दो र विभत्स भन्दै यसबाट गम्भीर मानवीय संकट उत्पन्न भएको जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७