प्रचण्ड र बादल किन गए परिवारसहित तातोपानी ?


२६ कार्तिक २०७५, सोमबार
Badal and parchanda
tftf]kfgLdf :gfg ub}{ cWoIf bfxfn / u[xdGqL yfkf DofUbLsf] a]gL gu/kflnsf–$ tftf]kfgLdf :gfg ub}{ g]kfn sDo’lgi6 kf6L{ -g]skf_ sf cWoIf k’iksdn bfxfn …k|r08Ú / u[xdGqL /fdaxfb’/ yfkf . tftf]kfgLdf ljleGg /f]usf] pkrf/sf nflu dflg;x? lbgx’Fh;f] g’xfpg] u5{g . t:jL/M sdn vqL, a]gL, /f;;

बेनी, २६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ म्याग्दी आएका छन् । पत्नी सीताको तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन अध्यक्ष प्रचण्ड मंगलबार यहाँ आएका हुन् ।

Badal and parchanda

बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित दाहाल पत्नी दाहाललाई उपचार गराउन ल्याइएको छ ।

आज दिउँसो हेलिकप्टरमार्फत अर्थुङ्गेस्थित नेपाली सेनाको गणमा अवतरण गराइएपछि सवारी साधनमार्फत बेनी हुँदै दाहाल दम्पती तातोपानी कुण्डमा पुगेका थिए । टोलीमा गृहमन्त्री बादल र उनकी पत्नी नैनकला, अध्यक्ष दाहालकी छोरी गङ्गा दाहाल लगायत सहभागी छन् ।

Puspa Kamal family

प्राकृतिक चिकित्सालयका रुपमा परिचित तातोपानी कुण्डमा शरीर डुबाएर सीताको उपचार गराउन शुरु गरिएको छ । सीतालाई यसअघि सिङ्गापुर लगेर उपचार गरिएको थियो । तातोपानी कुण्डमा स्नान गरेमा नसासम्बन्धी समस्या हल हुने थाहा पाएपछि उहाँलाई यहाँ ल्याइएको अध्यक्षका निजी सचिव जोगबहादुर महराले जानकारी दिए ।

पहिलो दिन सीतासहितको टोलीले नै तातोपानी कुण्डभित्र करीब साढे १ घण्टा स्नान गरेको छ । उहाँलाई बेनीस्थित एक होटलमा बसेर केही दिन नियमित रुपमा कुण्डमा पुगेर स्थान गरी उपचार गराइने व्यवस्था मिलाइएको छ ।

अध्यक्षको कार्यकर्ता भेटघाट लगायतका कार्यक्रमसमेत तय गरिएको नेकपाका नेता एवम् पूर्वसांसद गोविन्द पौडेलले जानकारी दिए ।

Ganga dhal

नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री थापाका परिवारका अन्य सदस्यहरुसमेत सहभागी सो टोली तीन दिनसम्म म्याग्दीमै रहनेछ ।

Parchanda 1

सो क्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिले पूर्वप्रधानमन्त्री दाहाल, गृहमन्त्री थापासहितको टोलीलाई स्वागत गरेका थिए । नेकपाका नेताहरुले समेत बेनीस्थित होटलमा अध्यक्ष दाहाल र गृहमन्त्री थापालाई स्वागत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७