‘गोल मेशिन’ मेस्सीलाई दुई–दुई अवार्ड


२७ कार्तिक २०७५, मंगलवार
messi27

काठमाडौं, २७ कातिक । स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले अलफ्रेडो डि स्टेफानो र पिचिची अवार्ड जितेका छन् ।

messi27

स्पेनमा सोमबार भएको एक कार्यक्रमका बीच मेस्सीलाई दुई अवार्ड दिइएको हो । यी अवाडी स्पेनिस खेल पत्रिका मार्काले प्रदान गर्दै आएको छ ।

मेस्सीले ला लिगामा सन् २०१७–१८ को सिजन उत्कृष्ट खेलाडी बन्दै अलफ्रेडो डि स्टेफानो अवार्ड जितेका हुन् । यस्तै मेस्सीले ला लिगामा सर्वा्धिक गोल गर्दै पिचिची अवार्ड पनि जितेका हुन् ।

गत सिजन मेस्सीले ३४ गोल गरेका थिए । यस्तै १२ गोलका लागि पास उपलब्ध गराएका थिए । मेस्सीले एक दशकमा पाँचौ पटक पिचिची अवार्ड जितेका हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७