देव गुरुङ्गले बाँडे चार करोड


२७ कार्तिक २०७५, मंगलवार

लमजुङ, २७ कात्तिक । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बाँडफाँट गरेका छन् ।

dev gurung 1

उनले जिल्लालाई प्राप्त रु चार करोड बजेट सबै क्षेत्रमा पुग्ने गरी बाँडफाँट गरेका हुन् । गुरुङका स्वकीय सचिव कमल खड्काका अनुसार सडक निर्माणमा रु २ करोड ६३ लाख, खेल मैदान निर्माणमा रु २९ लाख, भौतिक पूर्वाधारतर्फ (स्वास्थ्य चौकी र विद्यालय कम्पाउण्ड, आमा समूह भवन) निर्माणमा रु एक करोड चार लाख तथा स्थानीय प्रशासनिक खर्चमा रु चार लाख विनियोजन गरिएको छ । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् ।

सांसद गुरुङको संयोजकत्वमा बसेको परामर्श समितिको बैठकको सुझावका आधारमा निर्देशक समितिको बैठकले बजेट बाँडफाँट गरेको हो ।

जिल्ला समन्वय समितिमा बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, प्रदेशसभा सदस्य, गाउँपालिका र नगरपाकिलाकाका प्रमुखको सहभागिता रहेको थियो ।

सोही सुझावलाई आधार मान्दै बसेको निर्देशक समितिले बजेट बाँडफाँटको टुङ्गो लगाएको हो । निर्देशक समितिमा निर्वाचित सांसद संयोजक र जिल्ला समन्वय अधिकारी सदस्य रहने प्रावधान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७