राखेपमा सरकारद्वारा तीन सदस्य नियुक्त, क–कसले पाए नियुक्ति ?


२७ कार्तिक २०७५, मंगलवार
rakhepa sCKYNJq61p

काठमाडौं, २७ कात्तिक । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का रिक्त तीन जना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ ।

rakhepa sCKYNJq61p

आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्व राष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो ।

युवा तथा खेलकूद मन्त्रालयले तिमल्सिना, निरौला र गुरुङ नियुक्तिको पुष्टि गरेको छ । लामो समयदेखि तीनवटा सदस्य पद खाली थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको सिफारिसमा परिषद्मा तीन सदस्य नियुक्त गरिएको हो ।

राखेप बोर्ड सदस्यमा नियुक्त भएका तिमल्सिना डेढ दशकदेखि नेपाली खेलकुदमा सक्रिय छन् । यस्तै निरौला पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी तथा हाल भलिबल संघको केन्द्रीय सदस्य रहेका छन् । बक्सिङका पूर्व खेलाडी गुरुङ पनि परिषद्का पूर्व सदस्य हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७