पशुपति समशेर राणाको आरोप, ‘कमल थापाले हुनै लागेको एकता भाँडे’


२७ कार्तिक २०७५, मंगलवार
kamal thapa pashupati rana

काठमाडौं, २७ कातिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति समशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाका कारण हुनै लागेको एकता प्रक्रिया भाँडिएको आरोप लगाएका छन् ।

kamal thapa pashupati rana

राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राणाले एकता गर्न चार–पाँच दिनको समय माग्दा थापाले नमानेको दाबी गरेका छन् । पार्टीको नाम, झण्डा र चिन्ह टुँगो नलागी एकता हुन नसक्ने राणाको भनाइ छ । ‘तातै खाउँ जलि मरौं गर्न खोज्दा एकता प्रक्रिया तत्कालका लागि रोकिएको उनले बताएका छन् ।

गाईलाई चुनाव चिह्न बनाउने थापाको प्रस्ताव आफूलाई अस्वीकार्य भएको राणाको भनाइ छ । अध्यक्ष राणाले हिन्दु राष्ट्र र गणतन्त्रको विषयमा भने सहमति भइसकेको बताए । उनले भने, ‘हिन्दु राष्ट्र बनाउने विषयमा तीनै राप्रपाबीच कुरा मिलिसकेको छ ।’

गणतन्त्रको विषयमा भएको सहमति भने उनले खुलाउन चाहेनन् । राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक, थापा नेतृत्वको राप्रपा र डा. प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा राष्ट्रवादीबीच हुने भनिएको एकता घोषणा अन्तिम समयमा आएर रोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७