देउसीभैलोको रकम आर्थिक–सामाजिक विकासमा


२७ कार्तिक २०७५, मंगलवार
baglung

काठमाडौं, २७ कात्तिक । बाग्लुङ मगर समाज काठमाडौंले यस पटकको देउसी–भैलो कार्यक्रमबाट संकलन भएको रकम सामाजिक कार्यमा खर्च गर्ने भएको छ ।

baglung

बाग्लुङ मगर समाज काठमाडौं समितिले आयोजना गरेको तीन दिने देउसी–भैलो कार्यक्रमबाट उठेको नगद २ लाख ५४ हजार ७ सय ६८ रुपैयाँ सामाजिक काममा खर्च गर्ने निर्णय गरेको छ । मगर समाजले उक्त रकम मगर समुदायको भाषा, संस्कृति प्रवर्धनसँगै आर्थिक–सामाजिक रूपान्तरणमा खर्च गर्ने भएको छ ।

जस अन्तर्गत लोकसेवा तयारी कक्षा, आर्थिक स्थिति कमजोर भएका कारण उपचारमा समस्या भोगिरहेका व्यक्तिहरूका लागि सहायता स्वरूप खर्च गरिने मगर समाज काठमाडौंका महासचिव गगन मगरले जानकारी दिए ।

यस समाजले विगत वर्षहरूमा पनि तिहारको समयमा देउसी–भैलो कार्यक्रम आयोजना गरी संस्थामा रकम जम्मा गर्दै आइरहेको छ । आफूहरूको सामाजिक कामका कारण धेरै मगर समुदायका विपन्न र सर्वसाधारण नागरिकले सानो भए पनि सहयोग पाएको र यसबाट उनीहरूलाई राहत महसुस भएको पाइएपछि कोषमा रकम संकलन गर्ने माध्यम तिहारलाईब बनाइएको महासचिव गगन मगर बताउँछन् ।

उनी भन्छन्, ‘हामी देउसी–भैलोमा आफ्नो संस्कृतिलाई नै प्राथमिकता दिन्छौँ । यसो गर्दा आफ्नो संस्कृति पनि संरक्षण भयो, दुई–चार पैसा पनि जम्मा गर्न सकियो । दशैं–तिहारमा देउसी–भैलोका लागि गरिने खर्च खुसी र रमाइलोका साथ हुने भएकाले आफूहरूको रकम संकलन कार्यले कसैलाई समस्या नगर्ने उनी बताउँछन् । बाग्लुङ मगर समाज काठमाडौंका अध्यक्ष भीमबहादुर श्रीष मगर, वरिष्ठ उपाध्यक्ष शेरबहादुर पुन मगर, महासचिव गोपी गगन पुन मगर कोषाध्यक्ष प्रेमबहादर पुन मगर लगायत कलाकारहरूको टोली देउसीभैलो कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७