ओली सरकार हल न चलको : वरिष्ठ नेता पौडेल


२७ कार्तिक २०७५, मंगलवार

चितवन, २७ कातिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदमा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।

ramchandra poudel

नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सभापतिले जुन किसिमको विचार संसदमा दिनुपथ्र्यो त्यो नभएको बताए । वरिष्ठ नेता पौडेलले भने, ‘विचारले आक्रामक रुपमा प्रस्तुत हुनुपथ्र्यो तर त्यस्तो भएन ।’

आफूलाई पदको भन्दा पनि पार्टीप्रति बढी चिन्ता भएको उनले बताएका छन् । वरिष्ठ नेता पौडेलले भने, ‘पार्टी निर्वाचनमा के कारणले हार्‍यो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई सुधार्नेतिर मेरो चिन्ता छ, पदमा को बस्ने भन्ने चिन्ता छैन ।’

वरिष्ठ नेता पौडेलले सोमबार सुजाता निवासमा खाना खान बोलाएर गएको बताए । राजनीतिक विषयमा चर्चा मात्रै भएको बताउँद उनले सामान्य ‘हाई हेल्लो’ मात्रै भएको बताए । आफूहरुले पार्टीमा कुनै गुटबन्दी नगरेको पनि उनले बताएका छन् ।

वरिष्ठ नेता पौडेलले उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको बताए । प्रक्रिया पुर्‍याएर ल्याउन नसक्नु सभापतिको कमजोरी रहेको उनको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले भने, ‘गच्छदारलाई ल्याउने कुरामा पहिलादेखि नै सहमति थियो तर प्रक्रिया मिलाएर गरौँ भन्ने हो ।’ अर्को एक प्रसङ्गमा उनले केन्द्रीय समितिमा सदस्य बढाउनु पर्ने भन्दै सदस्य बढेमा पदाधिकारी स्वतः बढ्ने बताए ।

सरकारप्रति टिप्पणी गर्दै उनले अहिलेको सरकार समय अनुकूल रहेर पनि हल न चलको अवस्थामा पुगेको आरोप लगाए । उनले भने, ‘विपक्षी शान्त भलादमी तरिकाले बसेको छ, जनता निरास छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७