गाईको मासुदेखि बाँदरको गिदी चीन निकासी गर्ने तामाङ कर्तब्य ज्यानको आरोपमा पक्राउ


२७ कार्तिक २०७५, मंगलवार
tamang

काठमाडौं, २७ कात्तिक । नेपालमा अवैध मानिएको गाईको मासु काटेर चीनतर्फ लैजाने पासाङनोर्बू तामाङलाई प्रहरीले ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ गरेको छ । सोमवार पक्राउ परेका पासाङले २०७४ माघ १५ गते बौद्धमा आफ्नै साथी म्याङ राप्गेल शेर्पालाई धारिलो हतियार प्रहार गरेर फरार भएका थिए ।

tamang
पासाङ नोर्बु शेर्पा र उनले गाई, बाँदरको मासु र गिदी निकासी गर्न खोलेको ललितपुरस्थित चाइना लङ फूड नामको कम्पनीको अफिस ।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ का तामाङबिरुद्ध काठमाडांैंको बौद्धमा उजुरी परेको थियो । भारततर्फ भाग्दैगर्दा विमानस्थल प्रहरीले तामाङलाई पक्राउ गरेको बौद्धका डीएसपी नरेन्द्र चन्दले जानकारी दिएका छन् ।

फरार अवस्थामा रहेका तामाङका अन्य सहयोगीहरु सोही ठाउँका सुन्दर तामाङ, दावा तामाङ बाङ्छेन शेर्पा पनि रहेको प्रहरीको भनाइ छ । गाउँकै एक ब्यक्तिलाई हत्या गर्ने योजनासहित आक्रमण गरेका उनीहरुले नेपालमा अबैध काम गर्ने गरेको स्थानीय प्रहरीमा पनि उजुरी परेको छ ।

बौद्ध आसपासमा गुण्डागर्दीमा संलग्न रहेका तामाङको टोलीले गोरुको मासु, वाँदरको गिदी, गंडाको खाग, हात्तीको दारा, कस्तुरीको बिनालगायतका अवैध काम गर्ने गरेको प्रहरीको भनाइ छ । हाल उनीहरुले ललितपुरको नख्खुमा चाइना लङ फूड नामको कम्पनी सञ्चालन गरेर उनीहरुले अबैध काम गरिरहेको उनीहरुका निकटहरु बताउँछन् ।

यो कम्पनीले नेपालमा अवैध मानिएका मासु चीनतर्फ लैजाने निकासी गर्दैआएको छ । उनीहरुको कम्पनी नेपालको दाङ तथा भारतको दिल्लीमा पनि रहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७