पाँच लाख घुस लिने सहन्यायाधीवक्तामाथि भ्रष्टाचार मुद्दा


२७ कार्तिक २०७५, मंगलवार
ciaa

काठमाडौं, २७ कात्तिक । पाँच लाख रुपैयाँ घुस लिने उच्च सरकारी वकील कार्यालय, पोखरा कास्कीका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । थापाले ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई गएको असोज २४ मा सेवाग्राहीसँग ५ लाख घुस लिंदालिंदै अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो ।

ciaa


उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसुर गरेको देखिन आएकोले बिगो रु ५ लाख रुपैयाँ नै कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरी आयोगले मुद्दा दायर गरेको छ । सहन्यायाधीवक्ता थापा अख्तियारका आयुक्त राजनारायण पाठकका अति नै निकट मानिन्छन् । राजनारायण पाठक सहन्यायाधीवक्ता हुँदा थापा सरकारी वकिल थिए । पाठकले थापामार्फत् नै मुद्दामा सेटिङ गरी अकूत सम्पत्ति आर्जन गरेका थिए । तर तिनै पाठकलाई सुशील कोइराला सरकारले अख्तियारको आयुक्त नियुक्ति गरी पुरस्कृत ग¥यो । त्यही अख्तियारले पाठकका विश्वासिला सहन्यायाधीवक्ता थापालाई घुस सहित पक्राउ गरी मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७