सोडारी बर्खास्तीमा परे लगतै सुवेदी सुदूरपश्चिम प्रदेश मन्त्रीमा नियुक्त, लिए सपथ


२७ कार्तिक २०७५, मंगलवार
sodari

धनगढी, २७ कातिक । सुदूरपश्चिमका सामाजिक विकासमन्त्री दीर्घ सोडारी बर्खास्तीमा परे लगतै उनको ठाउँमा अर्का मन्त्री नियुक्त गरिएको छ ।

sodari

सुदूरपश्चिम प्रदेशको नव नियुक्त सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आजै सपथ लिएका छन् ।

उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश प्रमुखको कार्यालयमा सपथ गराएका हुन् । मुख्यमन्त्री भट्टले मंगलबार नै सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई पदबाट हटाई सुवेदीलाई मन्त्री नियुक्त गरेका हुन् ।

तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

सोडारीले पद अनुकूलको आचरण नगरेको र पटक–पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन नेकपाको सुदूरपश्चिम कमिटीले मुख्यमन्त्री भट्टलाई निर्देशन दिएपछि उनी बर्खास्तीमा परेको जनाइएको छ ।

बर्खास्तीमा परेका सोडारी सोही क्षेत्रको ‘क’ बाट निर्वाचित भएका हुन् । पार्टीभित्र सोडारी र सुवेदी दुवै जना माधव नेपाल पक्षका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७