२०७५ कातिक २८ गते बुधबारको राशिफल


२८ कार्तिक २०७५, बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक असमझदारीका बाबजुद पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम प्राप्त गर्ने समय छ । प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउने छ । काममा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्ने छ । परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ । आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन् । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्‍याउने छ ।

rasifal

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्‍याउने छ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ । योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । समस्या दर्शाउँदा सहयोगीहरूबाट साथ पाइने छ । परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिस्थितिको चक्रमा अलमलिनु पर्दा कार्यसम्पादनमा समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ । जीवनशैली व्यस्त रहे पनि काम बिग्रने डरले सताउने छ । कमजोर नतिजा सच्याउन दोहोर्‍याएर प्रयत्न गर्नुपर्ला । दौडधुपले कमजोरी अनुभूति हुन सक्छ । अर्थ अभावले पनि मन पिरोलिन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जुझारु कार्यशैलीले लक्ष्यमा पुर्‍याउने छ । महत्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ । वादविवादमा अघि नसर्नुहोला । व्यावसायिक काममा आम्दानी बढ्ने छ । मिहिनेतले छोटो समयमा फाइदा दिलाउने छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउने छ । अतिथिका रूपमा सेवा सत्कार प्राप्त हुनेछ । आम्दानी राम्रो भए पनि सुविधाका लागि खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लक्ष्यमा पुग्न अरूका लागि केही कठोर नीति अवलम्बन गर्नुपर्ला । दौडधुप गर्नुपरे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिने छ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । ठूलाको वचन हार्न नसक्दा दुःख पाइनेछ । रिस गर्नेहरूलाई तह लगाउन सकिने छ । दिगो काममा जग बसाउने मौका छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बेलैमा थालेको काम विलम्बले सम्पादन हुनेछ । समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिने छ । सुरुमा समयको महत्वलाई बेवास्ता गर्दा व्यवहारमा पछि परिने छ । बलभन्दा बुद्धिको उपयोगले लक्ष्यमा पुर्‍याउन सक्छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइने छ । तत्काल योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउने छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले फाइदा हुनेछ । पछि लाभ हुने काम गर्न सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ काममा हात हाल्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । तर, प्रतिस्पर्धीहरूले सताउन सक्छन् । केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिने छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ, सजग रहनुहोला । व्यावसायिक काममा मनग्गे लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिने छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । प्रशंसकहरू बढ्ने छन् । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन् । मिहिनेतले सम्मानित स्थान दिलाउने छ । अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । विशेष योजना सार्वजनिक नगर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आकर्षक उपहारले उत्साह जगाउने छ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । बिछोडिएका आफन्तहरू नजिकिने छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्ने छन् । पहिलेको सफलताले पनि थप काममा हौसला प्रदान गर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नाबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्ने छ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्न सक्छ । बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने छ । छर–छिमेकमा असमझदारी देखिएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानी बढ्नाले उत्साह जाग्नेछ । तर, सरसापटमा केही धन बाहिरिन सक्छ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिने छ । मनग्गे रकम हातलागी हुनेछ तर दायित्व पनि बढ्न सक्छ । मिहिनेतले लक्ष्यमा पुर्‍याउने छ । विभिन्न स्रोत–साधन जुट्ने छन् । सञ्चित धन उपयोग गर्दा पनि सामान्य फाइदै हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७