नेपाल प्रहरीमा पहिलोपल्ट महिला एआइजी, थापा बनिन् पहिलो महिला एआइजी


२८ कार्तिक २०७५, बुधबार
durga thapa 1

काठमाडौं, २८ कातिक । नेपाल प्रहरीको इतिहासमै पहिलोपल्ट महिला एआइजी बनेकी छन् । प्रहरी संगठन स्थापनाको ६३ वर्षपछि डा. दुर्गा थापाले पहिलो महिला एआइजी हुने सौभाग्य पाएकी छन् ।

durga thapa 1

प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापालाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजीमा बढुवा गरेको हो । उनलाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दज्र्यानी चिह्न लगाई दिएका छन् ।

उनलाई गत २४ असोजमा बसेको बढुवा समितिको बैठकले एआइजी बढुवामा सिफारिस गरेको थियो । सिफारिस भएको करिब एक महिनापछि उनको बढुवा भएको हो । यसअघि नेपाल प्रहरीमा डिआइजी पदसम्म मात्र महिला पुगेका थिए ।

मन्त्रिपरिषद्को बैठक बस्न धेरै समय लागेकाले उनको बढुवा लम्बिएको हो । थापा प्रहरी अस्पतालमा कार्यरत छिन् । अब एआइजीका रूपमा उनीले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी समेत सम्हाल्ने छिन् ।

एआइजीमा पदोन्नति भएकी थापा दन्त चिकित्सक हुन् । राज्यका उच्च तहमा महिलाको पहुँच अझै विस्तार हुन नसकिरहेको गुनासो आइरहेका बेला प्रहरी संगठनको उच्च पदमा महिला पुग्नु देशकै उपलब्धीको रुपमा लिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७