डान्स बारबाट ३५ बालबालिकाको उद्दार, सञ्चालक पक्राउ


२८ कार्तिक २०७५, बुधबार
dance bar

काठमाडौं, २८ कात्तिक । काठमाडौंको लैनचौरस्थित एक डान्स बारबाट ठूलो संख्यामा बालबालिकाको उद्धार गरिएको छ ।

dance bar

महानगरीय प्रहरी वृत्त, लैनचौरले ‘अपरेशन रेस्क्यू अण्डर एज’ मार्फत ३५ जना बालबालिकालाई उद्दार गरेको हो ।

नयाँ बालबालिका ऐन लागू भएपछि सो व्यवस्था अनुरुप पहिलो पटक ३ जना डान्स बार सञ्चालकलाई समेत पक्राउ गरिएको छ ।

लैनचौरस्थित युनिक र बेबो डान्स बार एण्ड लाउन्जका ३ जना सञ्चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको हो ।

वृत्तका प्रमुख डीएसपी गौतम केसीका अनुसार ती बालबालिकालाई बारमा डान्सर, कामदार र यौनजन्य क्रियाकलापमा प्रयोग गरिएको भेटिएको थियो । ‘काठमाडौं प्रहरी परिसरमार्फत बालबालिकाको उद्दार गर्ने अभियान नै हामीले चलाएका छौं’, केसीले भने, ‘अभियानलाई तीब्रता दिँदै जान्छौं ।’ उनले काठमाडौंका अन्य क्षेत्रमा पनि यो अभियान सञ्चालन भइरहेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७