कर्मचारीले अब राजीनामा दिन नपाउने


२८ कार्तिक २०७५, बुधबार
karmachari
फाइल तस्बिर ।

काठमाडौं, २८ कात्तिक । सरकारले दक्ष जनशक्ति रोक्नका लागि जागिर खाइरहेका कर्मचारीलाई राजीनामा दिन नपाउने प्रावधान अघि सारेको छ ।

karmachari
फाइल तस्बिर ।

सरकारले समायोजनमा जाने कर्मचारीले निश्चित समय जागिर छोड्न नपाउने बाध्यकारी प्रावधान राख्ने भएको छ ।

मंगलबार लोकसेवा आयोगमा पुगेको कर्मचारी समायोजन अध्यादेशमा यस्तो प्रावधान थप गरिएको जनाइएको छ । समायोजनमा जाने कर्मचारीको ग्रेड बृद्धि हुन्छ ।

त्यसबापत्तको सेवा–सुविधा लिएर कर्मचारी राजीनामा दिई घर बस्न सक्ने भएकाले यस्तो प्रावधान अध्यादेशमा थप गरिएको स्रोतले जानकारी दिएको छ ।

स्थानीय तह वा प्रदेशमा गएको केही समयमै राजीनामा दिई घर बस्ने मनोविज्ञान कर्मचारीहरुमा रहेको भन्ने पाइएपछि त्यो छलफलमा आयो र निश्चित अवधि सेवा गर्नैपर्ने बाध्यकारी प्रावधान थपिएको हो’, स्रोत भन्छ, ‘निश्चित अवधि सेवा नगरीकन राजीनामा दिनेले माथिल्लो पदको सेवा–सुविधा पाउने छैनन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७