सरोज खनालले खोले ‘एक्टिङ्ग स्कुल’, चलचित्रमा अवसर दिइने


२८ कार्तिक २०७५, बुधबार
saroj khanal 1

काठमाडौं, २८ कात्तिक । लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय अभिनेता सरोज खानालले काठमाडौंमा ‘एक्टिङ्ग स्कुल’ खोलेका छन् ।

saroj khanal 1

५० लाख लागतमा खोलिएको एक्टिङ स्कुलको उद्घाटन मंसिर १ गते गरिने जनाइएको छ । दशैं र तिहारको बीचमै उद्घाटन गर्ने तयारी भए पनि दशैँ र तिहार सकेपछि यस स्कुलको उद्घाटन गर्न लागिएको जनाइएको । माला आर्टस एकेडेमी नाम राखिएको यो स्कुल दरमार्गमा रहेको बेन्ट्ले जुत्ता पसलको दोस्रो तलामा छ ।

एक्टिङ स्कुलको उदटनमा सिनेमा क्षेत्रका सबै कलाकारहरुलाई निम्ता गर्ने सरोजको योजना छ । उद्घाटन कार्यक्रममा विशेष अतिथिको रुपमा कोही नतोकिएको भन्दै सरोजले अग्रजहरु सत्यमोहन जोशी र हरिहर शर्मालाई विशेष अतिथि बनाउने सोंच बनिरहेको बताएका छन् ।

स्कुलमा सरोज खनालका साथै चन्द्र माला शर्मा, वीरेन्द्र हमाल, सूर्य माला खनाल लगायतको पनि सहकार्य रहेको जनाइएको छ ।

भर्ना खुल्ला भइसकेको एकेडेमीमा कलाकार बन्नका लागि आवश्यक पर्ने कोर्षको प्रशिक्षण दिइने कलाकार वीरेन्द्र हमालले जानकारी दिएका छन् । तीन महिने कोर्षका लागि प्रतिमहिना २० हजार शुल्क तोकिएको छ ।

एउटा कोर्ष पूरा गर्न ३ महिना लाग्ने छ भने त्यसका निम्ति ६० हजार शुल्क लाग्ने छ । प्रशिक्षणमा सहभागी हुने विद्यार्थीहरुलाई विभिन्न अवसरहरु समेत दिइने छ ।

चलचित्र क्षेत्रमा लामो समय बिताएका कलाकारहरु नीर शाह, हरिहर शर्मा, गौरी मल्ल, सौगात मल्लसँगै सरोज खनाल स्वयम्ले आफ्नो अनुभव साट्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७