अनलाइन व्यापारको नाममा उपभोक्ता ठग्दै ‘दराज’


२८ कार्तिक २०७५, बुधबार
daraj online sewa

काठमाडौं, २८ कात्तिक । अहिलेको समय सूचना र प्रविधिको हो । पछिल्लो समय नेपालमा पनि प्रविधिप्रतिको झुकाव र प्रयोग बढ्दो छ ।

daraj online sewa

अन्य विकसित मुलुकहरुको प्रविधिको सिको गर्ने चासो र रहरलाई सदुपयोग गर्दै केहि व्यक्तिहरु संगठित रुपमा नयाँ प्रविधिलाई ‘ठगी खाने भाँडो’ बनाइरहेको भेटिएको छ ।

नेपाली ‘टिपिकल’ नाम ‘दराज’ को नाममा अनलाइन सपिङको नाममा संगठित व्यक्तिहरुले अहिले ‘अनलाइन’ व्यापारको नाममा उपभोक्तालाई ‘मुर्गा’ बनाएको मात्र छैन, खुल्लेआम रुपमा ठगी गरिरहेको चर्चा अहिले चोक–चोकमा चलिरहेको छ ।

नेपाली ‘टिपिकल’ नाम ‘दराज’ को नाममा अनलाइन सपिङको नाममा संगठित व्यक्तिहरुले अहिले ‘अनलाइन’ व्यापारको नाममा उपभोक्तालाई ‘मुर्गा’ बनाएको मात्र छैन, खुल्लेआम रुपमा ठगी गरिरहेको चर्चा अहिले चोक–चोकमा चलिरहेको छ ।

अनलाइन सपिङको जायण्ट अलिबाबाको दक्षिण एशिया संस्करण दराजले ११.११ अर्थात् नोभेम्बर ११ लाई आफ्नो ‘सेल डे’ मनाउने भनेर सामाजिक सञ्जालदेखि मिडियाबाट ठूलै प्रचारबाजी गरेर शहरिया उपभोक्ताहरुको ध्यान आफूतिर खिच्ने काम गर्‍यो ।

daraj

८० प्रतिशतसम्म डिस्काउन्ट दिने भन्दै ‘मेगा डिल’ को प्रचारसहित १० लाखभन्दा बढी सामानको लिस्ट रहेको भन्दै प्रचार–प्रसार समेत गर्‍यो ।

नोभेम्बर ११ आयो, दराजले आफ्नो लिस्टमा रहेको लाखौँ लाख सामानको व्यापार गरायो र त्यसबापतको निश्चित प्रतिशत कमिसन पनि पायो । तर दराजले जसरी हेभी डिस्काउन्टको प्रलोभन देखायो, त्यो केवल झुट मात्रै भएको यसका उपभोक्ताहरु बताउँछन् ।

अहिले अनलाइन सपिङ र भारी छुटको नाममा ‘दराज’ ले उपभोक्तालाई ठग्ने काम भइरहेको कुरा सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ ।

Screenshot 20181114 093100 Daraz N83hfeLvC9

अहिले जसरी आक्रमक रुपमा अनलाइन व्यापारको प्रचार गरिएको थियो, सोही रुपमा विरोधका स्वरहरु बढ्न थालेका छन् ।

यस्तो छ दराज डट कम डट एनपीको ठगी धन्दा

दराजले आफ्नो आक्रामक प्रचार शैलीमार्फत उपभोक्तालाई विभिन्न वहानामा ठगी गर्ने गरेको खुल्न आएको छ । दराजबाट सेवा लिएकाहरु आफू पहिलोपल्ट नै ठगीमा परेको गुनासो गरेका छन् ।

दराजले बाहिर बजारमा कम मूल्यमा पाइने सामानलाई नै छुट समेत दिएको बताउँदै भारी मूल्यमा विक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ । उसले सामान ‘डेलिभरी’ को नाममा मात्र छुटै रकम लिन मात्र होइन, फिर्ता पाउनु पर्ने रकम समेत फिर्ता नगर्ने गरेको एक उपभोक्ता बताउँछन् ।

आफूले इलेक्ट्रिक हिटिङ्ग कप खरिद गर्दा दराजले आँखा अगाडि ठगी गरेको एक उपभोक्ता बताउँछन् । उनले खुद्रा पैसा नभएका कारण आफूले विल भन्दा बढी रकम दिएको तर, दराजका कर्मचारीले फिर्ता पाउनु पर्ने रकम नदिएको सुनाए ।

फिर्ता पाउनु पर्ने रकम नपाइने कुनै व्यवसाय नहुने बताउँदै उनी भन्छन्, ‘दराजको कार्यालयमा गुनासो गर्दा आधिकारिक जवाफ दिने मान्छे नै पाइँदैन ।’

छुट भन्दै महँगो मूल्यमा सामान विक्री
दराजको अर्को ठगी शैली छुटको वहाना बनाउँदै महँगो मूल्यमा उपभोक्तालाई सामान भिडाउनु रहेको ठगिएका उपभोक्ताहरु बताउँछन् ।

दराजमा राखिएका सामान बाहिर किन्दा त्यो भन्दा धेरै सस्तो पाइने भए पनि दराजले बढी मूल्य असुलिरहेको उनीहरु बताउँछन् । जसको उदाहरणका रुपमा दराजमा राखिएका यी सामानहरुलाई लिन सकिन्छ :

न्याभी फोर्सको एनएफ ९११७ मोडलको यो घडी दराजमै २ वटा मूल्यमा बेचिएको छ । घडीको एमआरपी ४ हजार ५ सय ७५ रुपैयाँ राखिएको छ र त्यसमा ५२ प्रतिशत छुट दिइएको भनी २ हजार १ सय ९९ रुपैयाँमा बेच्न राखिएको छ ।

यस्तै न्याभी फोर्स कम्पनीकै एनएफ ९११७ मोडलकै उही रङको अर्को घडीलाई भने २ हजार ६५० रुपैयाँमा बेच्न राखिएको छ । यो घडीको मूल्य ४ हजार ६ सय रुपैयाँ भनिएको छ र त्यो मूल्यमा ४२ प्रतिशत छुट भनी २ हजार ६ सय रुपैयाँमा बिक्रीमा राखिएको छ ।

यो घडी दराजमा मात्रै किन्न पाइने घडी होइन । यो घडी बाहिर बजारमा पनि किन्न पाइन्छ र यो घडी करिब २ हजारको हाराहारीमा किन्न सकिन्छ । तर दराजले मेगा सेल भन्दै बिक्रीमा राखेको यो घडीलाई अधिकांश उपभोक्ताले २ हजार ६ सय ५० रुपैयाँमा अनलाइन सपिङ गरी डेलिभरी चार्जबापत थप ५० रुपैयाँ तिरेको पाइएको छ ।

दराजले मेगा सेलमा राखेको पाइडुको यो लेडिज वाचको मूल्य दराजमै दुई तीन वटा राखिएको छ ।
दराजमा बिक्रीका लागि राखिएको र हेर्दा पनि आकर्षक देखिने यो घडीको वास्तविक मूल्य २ हजार रुपैयाँ भनिएको छ ।

तर एमआरपी अर्थात् वास्तविक बिक्री मूल्य २ हजार भनिएको यस घडीलाई दराजको मेगा सेलमा ५२ प्रतिशत छुट दिँदै ९ सय ५० रुपैयाँमा बिक्रीमा राखिएको छ । त्यसमा ५० रुपैयाँ डेलिभरी चार्ज तिरी उपभोक्ताले एक हजार रुपैयाँमा यो घडी किन्न सकिने बताइएको छ ।

तर दराजमा यही मोडलको अर्को घडी पनि राखिएको छ । यो घडीको मूल्य भने जम्मा ६९९ रुपैयाँ राखिएको छ । यो त्यही पाइडुको त्यही घडी हो, जसको मूल्य दराजमै फरक–फरक राखिएको उपभोक्ताहरु बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७