राजाकालीन सोचका कर्मचारी हटाएर भए पनि संघीयता कार्यान्वयन गरिन्छ : प्रचण्ड


२८ कार्तिक २०७५, बुधबार
Parchanda

म्याग्दी, २८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजाकालीन सोचका कर्मचारीको कारण संघीयता कार्यान्वयनमा समस्या भएको बताएका छन् ।

Parchanda



बुधबार उद्योग वाणिज्य संघ म्याग्दीले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले संघीयताको मर्म अनुरुप राज्य सञ्चालन गर्न माथिल्ला तहका कर्मचारीले अवरोध गरिरहेको बताए ।

त्यस्ता कर्मचारीलाई सरकारले नियन्त्रण गर्न अपरिहार्य रहेको उनको भनाई छ । ‘संघीयताको मर्म सिँहदरवारलाई गाँउ गाँउ लजाने भन्ने हो,’ प्रचण्डले भने,‘ तर केही राजाकालीन उच्च पदस्थ कर्मचारीले यसलाई स्वीकार गर्न आनकानी गरिरहेका छन् उनीहरुलाई हटाएर र नयाँ कर्मचारी ल्याएर भएपनि संघीयता कार्यान्वयन गर्नुपर्छ ।’


यसैगरी बुधबार नेकपा म्याग्दीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकता प्रशिक्षण भेलामा प्रचण्डले कम्यूनिष्ट आन्दोलनमा सहकार्य गर्न तत्कालीन एकिकृत नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले नमान्दा आफूहरु जनयुद्धमा जानुपरेको बताए ।

प्रचण्डले तत्कालीन समयमा जनयूद्धको विकल्पको रुपमा नेकपा एमालेसंग सहकार्य गर्न खोजिएको खुलासा गरे। भने, ‘एमालेसँग सहकार्य गरेर संसदीय ब्यवस्थामै संघर्ष गर्ने हाम्रो प्रयास असफल भएपछि जनयूद्धमा प्रवेश गरेका हौं ।’

तत्कालीन एमाले महासचिव मदन भण्डारीसंग पनि पटक–पटक पार्टी एकताको प्रयास भएको उनको भनाइ थियो । प्रचण्डले भने, ‘नेपाली कम्युनिष्ट इतिहासलाई विश्वमा नयाँ उचाई दिन एमालेका महासचिव भण्डारीसँग एकताको प्रयास भए पनि एकता अगाडि नै भण्डारीको दुर्घटनामा ज्यान जाँदा पार्टी एकताको प्रयास असफल भयो।’

प्रचण्डले जनयुद्ध सुरु भएका पाँचबर्षमै नेकपा एमालेसँग पटकपटक गोप्य वार्ता भएको स्मरण गर्दै जनयुद्धमा पनि धेरै सहकार्य हुने गरेको जानकारी गराएका थिए।
कार्यकर्ता प्रशिक्षणमा गृहमन्त्री रामबहादुर थापाले सरकार समृद्दिका योजना कार्यान्वयनमा लागि रहेको भन्दै त्यसमा सघाउन कार्यकर्तालाई आग्रह गरेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७