‘गङनम स्टाइल’का गायक पीएसवाई नेपाल आउने


२८ कार्तिक २०७५, बुधबार
psy

काठमाडौं २८ कार्तिक । दक्षिण कोरियाली गायक पार्क जेई साङ ‘पिएसवाई’ नेपाल आउने भएका छन् । ‘गङनम स्टाइल’ गीतका गायक पीएसवाई नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध ४५ वर्ष पूरा भएको अवसरमा नेपाल आउन लागेको हो ।

psy

कोरियाली दूतावासले आयोजना गर्ने उक्त कार्यक्रममा पिएसवाईसँगै एओए, बड्किज, बेरी गुड, बिएपी, एसएफ नाइन, मोमाल्याण्ड जस्ता कोरियाका चर्चित ब्याण्डसमेत आउने भएको छ । आगामी १५ डिसेम्बर हुने कार्यक्रम रेडियो नेपालको ग्राउण्डमा हुने छन् । ५ घण्टासम्म चल्ने कन्सर्टमा नेपाली गायक दीपक बज्राचार्यले पनि प्रस्तुति दिने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७