२०७५ कातिक २९ गते बिहीबारको राशिफल


२९ कार्तिक २०७५, बिहीबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । समयमा लगनशील बन्न नसक्दा पछि परिनेछ । तापनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । दिगो कामको योजना बन्न सक्छ । सानो प्रयत्नले सामाजिक कार्य शुभारम्भ हुनेछ । रोकिएका काम दोहोर्‍याउन सकिने छ । मिहिनेत गर्दा कीर्तिमानी काम बन्ने छ ।

rasifal

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतका साथै काम बनाउन केही समय लाग्नेछ । अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्‍याउनु होला । आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन् । चिताएको काम रोकिनाले दोहोर्‍याएर प्रयत्न गर्नुपर्ला । मनमा अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काममा प्रवृत्त भइने छ । सहयोगीहरू भने पछि हट्ने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनु पर्नेछ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । विवादले समस्या निम्त्याउन सक्छ । हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला । बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्त गर्न पछि परिने छ । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहने छ । तापनि रमाइलो यात्रा गर्ने अवसर जुट्ने छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउने छ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउने छ । मित्रता र प्रेमको बन्धन कसिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कमजोरीले चिन्ता बढाउन सक्छ । अवसरवादीहरूले ढोका दिन सक्छन् । अरूका लागि बुद्धि खर्चनु पर्नेछ । श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ । तापनि, रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ । मिहिनेतले राम्रै प्रतिफल दिलाउने छ । रिस गर्नेहरूले सताए पनि उपलब्धिको स्रोत पहिल्याउन सकिने छ । काम पूरा नभए पनि आंशिक लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसर प्राप्त भए पनि परिस्थिति आफ्नो अनुकूल नदेखिएकाले सजग रहनुपर्ला । स्वास्थ्यमा कमजोरी र काम रोकिने समस्याले मन खिन्न हुन सक्छ । तापनि हल्लाको पछि नलागी कर्मयोगमा जुट्नु होला । प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन् । अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्ने छ । मिहिनेतले प्रतिष्ठित कामको मौका दिलाउने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिअनुसार चल्न नसक्दा अलि दुःख पाइने छ । हतारको निर्णयले काम बिग्रन सक्छ । महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्‍याउँलान् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्नेछ । तापनि आश मारेको नतिजा सकारात्मक हुनेछ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । परिवारमा आमाको माध्यमले फाइदा उठाउन सफल भइने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति अलि संघर्षपूर्ण रहला । चिताएका काममा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन् । रिस गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिनेछ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना देखिन्छ । प्रतिस्पर्धीहरूले केही दुःख दिनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सिर्जनात्मक कौशल तथा लेखन शैलीमा निखारता आउने छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । बोलीको प्रभाव बढ्नेछ भने प्रशंसकहरू पनि बढ्ने छन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउने छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बोलीको भरमा चिताएको काम बन्ने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्ने छन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ । फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ । नजिकका साथीभाइ टाढिए पनि शुभचिन्तक फेला पर्नेछन् । तर बलजफ्तीले हानि पु¥याउने छ भने फाइदाका पछि लाग्दा आफन्त टाढिन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धेरै मिहिनेत परे पनि थोरै मात्र फल प्राप्त होला । आयस्रोत राम्रो देखिए पनि तत्कालै रकम हातलागी नहुन सक्छ । श्रमको उचित मूल्यांकन भए पनि लाभांश अरूका लागि खर्चनुपर्ने हुन सक्छ । आफ्नो प्रतिफल हातपार्न केही समय लाग्नेछ । आम्दानीका नयाँ स्रोत भने फेला पर्नेछन् । पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । तर आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७