मर्यादाक्रम नमिलेको भन्दै कार्यक्षेत्र जान मानेनन् शिक्षाका उपसचिव


२९ कार्तिक २०७५, बिहीबार

काठमाडौं, २९ कातिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सेवाका उपसचिवलाई नगरपालिकामा काम गर्न खटाए पनि मर्यादाक्रम नमिलेको भन्दै उनीहरु कार्यक्षेत्रमा जान मानेका छैनन् ।

education ministry 9ENEblPbMO 1

मन्त्रालयले गत असोज २९ गते १ सय ६६ जना उपसचिवलाई नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बनाएर पठाउने निर्णय गरेको थियो । यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।

तर नगरपालिकाको प्रशासकीय अधिकृत (निजामती सेवाका उपसचिव) आफूभन्दा कनिष्ठ रहेको र उनीहरुको मातहतमा शाखा प्रमुख भएर बस्न नसुहाउने भन्दै उपसचिवले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७