विद्यालयद्वारा छात्राहरुलाई सेनेटरी प्याड वितरण


२९ कार्तिक २०७५, बिहीबार
sanitary pad

पाल्पा, २९ कात्तिक । पूर्वखोला गाउँपालिका पाल्पाले विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।

sanitary pad

छात्रा महिनावारी भएका समय विद्यालय नआउने र बीचमै विद्यालय छाड्ने दरलाई कम गर्न सेनेटरी प्याड वितरण गरिएको हो । गाउँपालिकाको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण गरिएको छ । गाउँपालिकाभित्रका सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

महिनावारी भएका बखत छात्रा विद्यालय नजाने, बीचमै कक्षा छाड्ने दर बढ्न थालेपछि गाउँपालिकाले विद्यालयमा सेनेटरी प्याड वितरण गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुरले ताएका छन् । विद्यालयमा वितरण गरिएको सेनेटरी प्याड महिला शिक्षकसँग छात्राले सम्पर्क राखी प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७