गगनसहित कांग्रेसका ६ युवा नेताको गोप्य वैठक, चौतर्फ घेराबन्दीमा देउवा


२९ कार्तिक २०७५, बिहीबार
46221253 10205346144809991 421166790853263360 n ILfeVdmuS1

काठमाडौं, २९ कात्तिक । कांग्रेस नेतृ सुजाता कोइराला निवासमा शीर्ष नेताहरुको गोप्य वैठक बसेको चर्चा सेलाउन नपाउँदै कांग्रेसका ६ युवा नेताह पनि गोप्य रुपमा भेला भएका छन् ।

46221253 10205346144809991 421166790853263360 n ILfeVdmuS1

पार्टीभित्र गुट उपगुट र सभापतिको कार्यशैलीप्रति तीव्र विवाद बढ्न थालेपछि कांग्रेसका युवा नेताहरु पनि भेलामा जुट्न थालेका छन् ।

नजिकिंदो महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आन्तरिक रणनीति तयार पार्न र पार्टी सभापतिको एकलौटी कार्यशैलीको विरोध जनाउन भेला भएको ती युवा नेता निकटहरुले जानकारी दिएका छन् ।

युवा नेताहरु गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी, गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियारलगायत ६ जना युवा नेता भेलामा सहभागी भएको स्रोतले जानकारी दिएको छ ।

महासमिति बैठक, नेविसंघको महाअधिवेशन, विधान संशोधन र सभापति देउवाको कार्यशैली लगायतका विषयमा अनौपचारिक छलफल भएको भेलामा सहभागी नेता गुरुराज घिमिरेले बताएका छन् ।

शुक्रबार थप छलफल हुने र छलफलबाट एउटा निर्णय निकालेर त्यसै अनुरुप अघि बढ्ने पनि उनले बताए ।

विधान संशोधनको प्रक्रिया चलिरहेका बेला पार्टी नेतृत्वले बहुमतको बलमा विजयकुमार गच्छदारलाई उपसभापति बनाएपछि पौडेल–सिटौला समूहका साथै युवा नेताहरु पनि रुष्ट बन्दै आएका छन् । पार्टी सुदृढ बनाउन एकलौटी ढंगले नभई सबै सामुहिक रुपमा अघि बढ्नुको विकल्प नभएको युवा नेताहरुको निष्कर्ष रहेको सहभागीहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७