१५ हजार बढी पदका लागि विज्ञापन खुलाउँदै लोकसेवा


२९ कार्तिक २०७५, बिहीबार
Loksewa Aayog 1

काठमाडौं, २९ कात्तिक । अहिले नेपालका युवाहरुमा सरकारी जागिरप्रति मोह बढ्दै गइरहेको छ । देशका दक्ष जनशक्ति अवसरको अभावमा पलायन भइरहेका बेला लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि आवेदन खुलाउने तयारी थालेको छ ।

Loksewa Aayog 1

सरकारको आग्रहमा दुई महिना विज्ञापन रोकेको लोकसेवाले चाँडै नै ठूलो संख्यामा कर्मचारी आह्वानको विज्ञापन गर्ने तयारी भइरहेको जनाएको छ । आयोगले मंसिरदेखि विज्ञापनको प्रक्रिया शुरु गरी आगामी वर्षको असार मसान्तसम्म सबै परीक्षाको प्रक्रिया पूरा गर्ने तयारी गरेको छ ।

आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सरकारको समस्यालाई बुझेर दुई महिना विज्ञापन रोकिएको भए पनि अब आयोगको नियमित तालिका र अब विज्ञापन नरोकिने बताए ।

‘विज्ञापन अवश्य खुल्छ, सम्बन्धित निकायबाट कुन–कुन पदमा कति संख्यामा दरबन्दी रिक्त छ भनेर संख्या यकिन गरेर मात्र आउन बाँकी छ ।’ आयोगले मंगलबार सम्बन्धित सबै निकायलाई ताकेता गर्दै पत्र समेत काटिसकेको आयोगले जनाएको छ ।

सेवा सञ्चालन गर्ने मन्त्रालयरू, न्याय सेवा आयोग, स्वास्थ्य मन्त्रालय, संसद् सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग आयोगले पत्राचार गरेर रिक्त दरबन्दी अद्यावधिक गर्न पत्राचार गरेको छ।

आयोगले असोज, कात्तिक र मंसिरमा हुने सबै विज्ञापन मंसिरको अन्तिम बुधबार प्रकाशन गर्नेगरी तालिका बनाएको छ । आयोगको प्रारम्भिक अनुमानमा निजामती सेवा तथा अन्य संगठित संस्थाबाट गरेर करीब १५ हजार रिक्त दरबन्दीका लागि परीक्षा सञ्चालन गर्नुपर्नै हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७