बैठकमै सांसदहरुबीच कुटाकुट


२९ कार्तिक २०७५, बिहीबार
samsad

काठमाडौं, २९ कात्तिक । नेपालका सांसदले कुर्सी हानाहान गरेको घटना कुनै समय निकै चर्चा र आलोचनाको विषय बनेको थियो । त्यस्तै घटना श्रीलंकामा भएको छ ।

samsad

श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसदहरुबीच कुटाकुट भएको छ ।

बिहीबारको संसद बैठकमा सांसदहरुबीच भीडन्त भएको हो । संसदले ध्वनिमतको आधारमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा राजापाक्षे समर्थक सांसदले नाराबाजी गर्दै सभामुखलाई आक्रमण गर्न थालेपछि कुटाकुट भएको हो ।

बिहीबार संसद बैठकमा राजापाक्षेले आफूलाई ध्वनिमतको आधारमा हटाउने अधिकार सभामुखलाई नभएको बताएका थिए । सभामुख कारु जैसुर्याले मुलुकमा अहिले प्रधानमन्त्री नरहेको बताएका थिए । तर प्रधानमन्त्री महिन्दा राजापाक्षेले यति महत्वपूर्ण विषयमा ध्वनि मतको आधारमा अविश्वास प्रस्तावको निर्णय गर्न नहुने बताएका थिए ।

उनले सभामुखसँग प्रधानमन्त्री र मन्त्रिपरिषदलाई हटाउने अधिकार नभएको पनि बताए । उनले सभामुख एकपक्षीय भएको र आफ्नो पार्टीको अडान देखाएको आरोपसमेत लगाए । राजापाक्षेले अहिलेको समस्याको समाधान गर्ने उचित विकल्प ताजा जनादेशमा जानुपर्ने पनि बताए ।

राजापाक्षेका समर्थकहरुले अविश्वास प्रस्ततावमाथि निर्णय गर्न मतदानमा जानुपर्ने बताएपछि झडप शुरु भएको हो । राजापाक्षेका समर्थकहरु संसद हलको बीचमा भेला भएका थिए । केही सांसदहरु भने सभामुखविरुद्ध नारावाजी गर्दै अगाडि बढेका थिए । त्यस क्रममा ३० भन्दा बढी सांसदहरु आपसमा भिडेका थिए ।

तीमध्ये केही सांसद कुटपिटबाट भुइँमा समेत ढलेका थिए । राजापाक्षे समर्थक केही सांसदले सभामुखलाई पानीको बोतल, किताब आदिले हिर्काएका थिए । राजापाक्षेका विरोधी सांसदहरुले सभामुख कारु जैसुर्यालाई घेरेर सुरक्षा दिएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७