अनिवार्य उपस्थितिको निर्देशनसहित कांग्रेसले बोलायो केन्द्रिय समिति वैठक, के छन् एजेण्डा ?


२९ कार्तिक २०७५, बिहीबार
congress meeting zw9FvtFGM9

काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसले अनिवार्य उपस्थितिको निर्देशनसहित केन्द्रिय समितिको वैठक डाकेको छ ।

congress meeting zw9FvtFGM9

कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक मंसिर १ गतेलाई बोलाएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई समेत अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

बैठक मंसिर १ गते शनिबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा विधान मस्यौदा समितिले तयार पारेको विधान, मंसिर २८ गतेबाट हुने महासमिति बैठक र नेविसंघको अधिवेशन र विधानका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७