इजरायल र अफ्रिकाका राजदूत फिर्ता बोलाइयो


२९ कार्तिक २०७५, बिहीबार
gokul fa8HBt2Lqb

काठमाडौं २८ कार्तिक । सरकारले इजरायल र अफ्रिकाका राजदूतलाई फिर्ता बोलाएका छन् । सरकाले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर अञ्जान शाक्यलाई राजदूतमा सिफारिस गरेको छ ।

gokul fa8HBt2Lqb

सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले कार्तिक २५ गते बसको मन्त्रीपरिषद्को निर्णय सार्वजर्निक गर्दै जानकारी गराएका हुन् । थापालाई प्रचण्ड प्रधानमन्त्री भएको बेला राजदूतमा नियुक्त गरेको थियो । अफ्रिकाका लागि नियुक्त गरेको राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ । उनीहरूलाई फिर्ता हुने तीन सातको म्याद दिएको छ ।

मन्त्रीपरिषद्को बैठकले भारत, मलेसिया, यूएईका लागि पनि राजदूत सिफारिस गरेको छ । सरकाले भारतका लागि निलाम्बर आचाय मलेसियाका लागि उदयराज पाण्डे र यूएईका लागि परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गरेको छ । साथै सरकारले पूर्व राजा स्व. वीरेन्द्र नाममा रहेको गोकर्णमा रहेको ७० रोपनी ९ आना, कमलादीमा रहेको १४ आना र मध्यपुर थिमीमा रहेकोसमेत गरी ७१ रोपनी जग्गा ट्रस्टका नाममा ल्याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७