धर्म परिबर्तन गराउने दुई जापानी महिलालाई देश निकाला


३० कार्तिक २०७५, शुक्रबार
dharma

काठमाडौं, ३० कात्तिक । गृह मन्त्रालयले भिसा दुरुपयोग गरी धर्म परिवर्तन गर्न प्रचार प्रसार गरिरहेका दुई जापानी महिलालाई ५ बर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको छ ।

dharma

मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाई धर्म परिबर्तन गराउँदै आएका थिए । गृह सचिव प्रेमकुमार राईको निर्णयबाट धर्म परिवर्तन गराउन संलग्न ती जापानीलाई बिहीबार निष्कासन गरिएको हो ।

उनीहरु पर्यटक भिसामा बस्दै आएका थिए । उनीहरुको भिसाको बाँकी अवधि रद्ध गरिएको छ । आजको अन्नपूर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७