निर्मला हत्या प्रकरण : शंकास्पद सबैको डिएनए जाँच गरिने


३० कार्तिक २०७५, शुक्रबार
Nirmala panta 1

कञ्चनपुर, ३० कात्तिक । निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ ।

Nirmala panta 1

सबै प्रमाण नष्ट भएकाले पनि अपराधी पत्ता लगाउन डिएनए सहारा बन्न सक्ने निचोडमा प्रहरी पुगेको छ । शंकाको घेरामा परेकाको बिस्तारै डिएनए जाँच गर्दै जान्छौँ, कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने ।

अहिले पनि केहि जना शंकाको घेरामा रहेको उनको भनाई छ । अहिले संख्या नभिनिहालुँ, केही व्यक्ति शंकाको घेरामा छन् । उनीहरुको डिएनए जाँन हुन सक्छ । डिएनए जाँच वैज्ञानिक कुरा भएकाले यसलाई आधार मान्ने उनी बताउँछन् । आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७