सांसदलाई जथाभावी उपचार खर्च, सबैभन्दा बढी लिने शान्तिकुमारी


३० कार्तिक २०७५, शुक्रबार
doctor 1

काठमाडौं, ३० कात्तिक । संघीय संसदका सांसदले २ हजारदेखि २ लाखसम्म उपचार खर्च बुझेका छन् ।

doctor 1

प्रतिनिधिसभा र राष्ट्रियसभाका ४० जना सांसदले झन्डै सात लाख उपचार खर्च लिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।

फागुन् २१ बाट संसद् बैठक प्रारम्भ भएयता सचिवालयमा उपचार खर्चका लागि सांसद्का निवेदनका चाङ लागेका छन् । सचिवायलयमा कार्यरत चिकित्सकको टोलीले उपचार खर्चका बिलमाथि अनुसन्धान गरेर यकिन रकम मात्र उपलब्ध गराउने सचिवालयको भनाई छ ।

सत्तासीन नेकपाका राष्ट्रियसभा सांसद् शान्तिकुमारी अधिकारीले सबैभन्दा बढी २ लाख २३ हजार ९ सय २९ रुपैयाँ उपचार खर्च लिएकी छिन् । सांसद् अधिकारीले जेठ ३१ गते र भदौ २४ गते दुई पटक सचिवायलयबाट उपचार खर्च लिएकी छिन् । आजको अन्नपूर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७