जसको नाममा पैसा आयो उसैलाई पत्तो छैन !


३० कार्तिक २०७५, शुक्रबार
money and gold

काठमाडौं, ३० कात्तिक । अर्थ मन्त्रालयको ‘स्टेटमेन्ट अफ टेक्निकल एन्ड अदर एसिस्ट्यान्ट’ पुस्तिकामा मानवअधिकार आयोगको ‘शान्ति, अधिकार र सुशासन कार्यक्रम’ का लागि आव २०७३र०७४ मा डेनमार्कले ४ करोड ८९ लाख रुपैयाँ उपलब्ध गराएको उल्लेख छ ।

money and gold

सोही वर्ष आयोजना खर्च शीर्षकमा राष्ट्रिय मानवअधिकार आयोगका नाममा दातृ निकायबाट ४८ लाख ९० हजार रुपैयाँ प्राप्त भएको छ ।

एकै आर्थिक वर्षमा दातृ निकायबाट आयोगका नाममा झन्डै साढे पाँच करोड रुपैयाँ उपलब्ध भएर खर्च भएको अर्थको पुस्तिकामा जनाइए पनि आयोगलाई कुनै जानकारी छैन । खर्च गरेको भनिएको दुई वर्षसम्म मानवअधिकार आयोग बेखबर छ ।

आयोगले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) मार्फत आएको भनिएको रकम ‘कहाँ, कुन कार्यक्रममा खर्च भएको हो?’ भन्दै पत्रमार्फत सोधेको प्रश्नको जबाफ मन्त्रालयले दिन सकेको छैन । आफूहरूलाई जानकारी नदिई अन्य रकम पनि आएको हुनसक्ने आशंका आयोगको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७