संखुवासभाकी डा.अञ्जान शाक्य इजरायलका लागि नेपाली राजदूतमा सिफारिस


३० कार्तिक २०७५, शुक्रबार
aanjana sakya

काठमाडौं, ३० कार्तिक । सरकारले इजरायलका लागि राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर उनको ठाउँमा डा. अञ्जान शाक्यलाई नियुक्तिको सिफारिस गरेको छ  ।

थापालाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७३ फागुनमा राजदूत बनाएको थियो । मन्त्रिपरिषद्को २५ कात्तिकको बैठकले थापालाई तीन साता समय दिएर फिर्ता बोलाई शाक्यलाई पठाउने निर्णय गरेको हो ।

aanjana sakya



इजरालयका लागि नेपाली राजदूतमा नियुक्त शाक्यले सन् २०११ मा व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी छिन् । शाक्य संखुवासभामा जन्मिएकी हुन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा लामो समयसम्म निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेकी शाक्यसँग अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरेको पनि अनुभव छ ।

ओलीले २०६३ मा परराष्ट्रमन्त्री हुँदा शाक्यलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक नियुक्त गरेका थिए ।

कांग्रेसकी सुजाता कोइराला परराष्ट्रमन्त्री भएपछि उनलाई हटाइएको थियो । एक दशक भन्दा बढी समयदेखि परराष्ट्रमामिला सम्वन्धि कार्यमा क्रियाशील शाक्यले नेपाल ओमेन च्याम्वरको अध्यक्ष भएर विदेशी लगानी नेपालमा भित्र्याउनका लागि निकै भूमिका खेलेकी छिन् ।


लामो समयदेखि सोही क्षेत्रमा क्रियाशील उनले ‘नेपाल चाइना रिलेशन’, ‘नेपाल इण्डिया रिलेशनल’गायत आधा दर्जन पुस्तकको सम्पादन गरेकी छिन् ।

व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी शाक्यले पद्मकन्या कलेजमा २०५२ सालदेखि करीब एक दशक प्राध्यापन गरेकी छिन् ।

चर्चित गायिका समेत रहेकी  शाक्यले करीब १५ वर्ष अघि नेपाल टेलिभिजनकी समाचार बाचिका समेत भएर काम गरिन् । ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सँधै आफू भन्दा’ बोलको चर्चित गीत गाउनु भएकी शाक्य अहिले उनी पे्रसिडेन्सियल कलेजमा पनि प्राध्यापनरत छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७