ड्युटीमा रहेका प्रहरीमाथि नै खुकुरी प्रहार


३० कार्तिक २०७५, शुक्रबार
khukuri

दाङ, ३० कात्तिक । नागरिकको शान्ति सुरक्षामा खटिएका एक प्रहरीमाथि नै सार्वजनिकस्थलमै खुकुरी प्रहार गरिएको छ ।

khukuri

पश्चिम दाङको शान्तिनगर गाउँपालिका–२ अमुवामा दुई समूहबीचको विवाद मिलाउन गएका इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश वलीमाथि खुकुरी प्रहार गरिएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका प्रहरी जवान वलीको टाउकोमा १० वटा टाँका लगाउनुपरेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

इप्रका खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीका अनुसार त्यो घटनामा स्थानीय थप दुई जनामाथि पनि चोट लागेको छ ।

स्थानीय विशाल रोका र नैनबहादुर नेपालीको टाउकोमा सामान्य चोट लागेको हो । त्यसै ठाउँका विशाल रोका र चन्द्रप्रकाश नेपालीको समूहबीच आपसी विवादमा झडप भएको थियो ।

प्रहरीले खुकुरी प्रहार गरेको आरोपमा शान्तिनगर गाउँपालिका २ अमुवाका २५ वर्षका चन्द्रबहादुर नेपाली, २० वर्षका नैनसिङ नेपाली, २२ वर्षका सुकलाल नेपाली र १६ वर्षका वीरबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

विवाद भएको सूचनाको आधारमा आफूहरु घटनास्थल पुगेर विवादलाई साम्य पार्ने क्रममा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७