दुर्घटनामा गायक अमृत लामाको मृत्यु
दोलखा, ३० कात्तिक । गाडी दुर्घटनामा परी चर्चित गायक अमृत लामा (योञ्जन) को मृत्यु भएको छ ।
‘पुरानो माया’ जस्ता लोकप्रिय सेलो गीत गाएर चर्चामा आएका गायक अमृत लामा योञ्जनको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ ।
आज बिहान करीब ९ बजे दोलखा, विगु गाउँपालिका–३ बुलुङमा लु ३ त ९७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार सोही स्थानका ४४ वर्षीय योञ्जनको मृत्यु भएको हो ।
भिरमुनि गाउँबाट ढुङ्गा लोड गरी पछाडि जाने क्रममा ट्याक्टर सडकभन्दा करीब ३२ फिट तल खसेको इलाका प्रहरी कार्यलय सिँगटीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । योञ्जनको शव परीक्षणका लागि सदरमुकाम चरिकोट पठाइएको छ ।