अभिनेता दयाहाङ राई गायव !


३० कार्तिक २०७५, शुक्रबार
Dayahang Rai
फाइल फोटो

काठमाडौं, ३० कात्तिक । गायक हेमन्त रानाको स्वरमा रहेको चर्चित गीत ‘साइँली’ नाम सापटी लिएर निर्माण भएको फिल्म ‘साइँली’ को फस्टलुक पोस्टर र प्रदर्शन मिति घोषणा गरिएको छ ।

Dayahang Rai

बैदेशिक रोजगारीको कथा वाचन गर्ने फिल्मको पोस्टरमा अभिनेत्री मेनुका प्रधान (साइँली) मात्र फिचर्ड छिन् ।  फिल्मको टाइटल अनुसार पोस्टर तयार पारिएको निर्देशक रामबाबु गुरुङले बताए ।

युट्युबमा डेढ करोडको नजर परिसकेको ‘सुन साइँली’ गीतमा मेनुकाको जोडी अभिनेता गौरव पहाडीसँग बाँधिएको थियो । फिल्ममा पनि यी दुई नै जोडीको रुपमा प्रस्तुत छन् । चलचित्रको पोस्टरमा दयाहाङ गायव भएका छन् । उनलाई पोष्टरमा देखाइएको छैन ।

फस्टलुक पोस्टरमार्फत फिल्मको प्रदर्शन मिति चैत १५ लाई घोषणा गरिएको छ । गीतले बोकेको भावलाई फिल्ममा उतारेको निर्माण टिमको भनाई छ । फिल्ममा अभिनेता दयाहाङ राई पनि प्रमुख भूमिकामा छन् । गायक हेमन्त राना र गौरव पहारीले मिलेर फिल्म निर्माण गरेका हुन् ।

saile

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा माओत्से गुरुङ, कृपा सिंह, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको मुख्य भुमिका रहेको छ । निर्देशक गुरुङको कथा रहेको फिल्ममा विशाल गुरुङ र मोहन थापा निर्मातामा छन् ।

बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सहनिर्माताको रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७