संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख


३० कार्तिक २०७५, शुक्रबार
Krishn bahadur Mahara

दमौली ३० कात्तिक । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् ।

Krishn bahadur Mahara

नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै सभामुख महराले संस्कृति इतिहाससँग जोडिएको र यसको संरक्षण हुनुपर्नेमा जोड दिए ।

महराले संस्कृति ठूलो कुरा रहेको चर्चा गर्नुहुँदै यो राष्ट्रियतासँग पनि जोडिने बताउनुभयो । उनले भने, ‘संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नु सबैको कर्तव्य हो ।’ महराले नेपालको संस्कृतिको प्रचारप्रसार गरी अन्तर्राष्ट्रिय स्तरम्म पु¥याउनुपर्नेमा जोड दिँदै संस्कृतिको पहिचान र प्रसार गर्न नसके लोप हुने खतरा रहेको औँल्याउए ।
कानून निर्माणमा तीव्रता दिइने छ

सभामुख महराले देश अहिले संविधान कार्यान्वयनको चरणमा रहेकाले केही कानून निर्माणमा ढिलाइ भएको बताउनुभयो । छिटोभन्दा छिटो विधेयक ल्याउन सरकारलाई आग्रह गर्दै सभामुख महराले आवश्यक कानून निर्माणमा संसद्ले तीव्रता दिने बताएका छन् ।

देशमा तीन तहको सरकारबीच अधिकार बाँडफाँटमा अन्तरविरोध रहेको चर्चा गर्दै सभामुख महराले यसको समाधान हुन केही वर्ष लाग्न सक्ने बताए । उनले भने, ‘देशमा पहिलोपटक सङ्घीयता लागू भएको छ । स्रोत र अधिकारको विषयमा भएको विरोध समाधान हुन केही वर्ष लाग्न सक्छ ।’ सांसद केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ, प्रदेशसभा सदस्य डोवाटे विक, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले पनि मन्तव्य व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७