विदेश उपचार गराउनु मेरो रहर र सोख हैन : मुख्यमन्त्री राई


३० कार्तिक २०७५, शुक्रबार
Sherdhan Rai

विराटनगर, ३० कात्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विदेश उपचार गराउनु आफ्नो रहर र सोख नभईको बताएका छन् । देशभित्र रोगको पहिचान र समधान हुन नसकेको कारण आफू विदेश जान परेको उनको भनाई छ ।

Sherdhan Rai

मुख्यमन्त्री शेरधन राई

मुख्यमन्त्रीको कार्यालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा प्रदेश सरकारको मन्त्रिपरिषद्को कात्तिक ११ गतेको बैठकको निर्णयअनुसार आफू निजी खर्चमा उपचारका लागि कात्तिक १६ गते थाइल्याण्डको राजधानी बंैकक गएको जनाइएको छ । 

बैंकक उपचारका क्रममा स्वास्थ्य जाँचको अन्तिम रिपोर्ट कात्तिक २६ गते आउने भएको हुनाले निजी एवम् पारिवारिक भेटघाटका लागि अमेरिका गएको उनको भनाई छ । सो क्रममा अमेरिका न्यूयोर्क्स्थित प्रवासी नेपाली मञ्च र आदिवासी जनजाति महासङ्घको संयुक्त आयोजनामा एक भेलामा सहभागी भई बाल्टिमोर, वाशिङटन डिसी, वफेल्लोलगायत केही ठाउँको भ्रमण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

राईको विदेश भ्रमणको तीव्र आलोचना भइरहेको बेला उनले आफ्नो स्वास्थ्य अवस्था र उपचारको बारेमा सामाजिक सञ्जाल, निहित स्वार्थ बोकेका डिजिटल मिडिया र केही छापा माध्यमबाट गरिएका दुष्प्रचारप्रति उनले रोस प्रकट गरोक छन् । भनेका छन् ‘यसमा मेरोे गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता आधारहीन र भ्रामक प्रचारबाजीबाट प्रभावित नहुन म सबैलाई हार्दिक आग्रह गर्दछु ।’ 

आफ्नो अमेरिका भ्रमणलाई केही पत्रपत्रिका एवम् मिडियाले विवाद सिर्जना गरी आफ्ना सहयोगी पारुहाङ राईको नाम जोडर कपोककल्पित भ्रमपूर्ण प्रचारबाजी गरेकामा त्यसको खण्डन गर्दछु भनी विज्ञप्तिमा जनाइएको छ । 

मुख्यमन्त्री राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपचारका क्रममा विदेश जानका लागि कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग नगरेको र विदेश जाने सम्बन्धमा सङ्घीय सरकारलाई समेत जानकारी गराएको उल्लेख गरिएको छ । 

यस्तै विज्ञप्तिमा उपचारको क्रममा छ महीनाको औषधि सेवनपछि आगामी २०७६ वैशाख ६ गते स्वास्थ्य जाँचका लागि पुनः बैंकक जानुपर्ने उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्ति

Sherdhan Rai Press note
CM Sherdhan Rai Press Note

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७