क्यानडा टोरन्टो तेक्वान्दोमा नेपालकी यानकुमारीलाई स्वर्ण


४ मंसिर २०७४, सोमबार
12

काठमाडौँ: क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले सोमबार स्वर्ण पदक जितेकी छिन् ।12

क्यानडास्थित टोरन्टो शहरमा भएको ५७ केजी तौल समूहको फाइनल खेलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्णपदक हात पारेकी हुन् । त्यसअघि बाइ पाउँदै यानकुमारी फाइनलमा प्रवेश गरेकी थिइन् ।

नेपालबाट भाग लिने अन्य दुई महिला खेलाडी भने पदकविहीन रहे । टोरन्टोस्थित भेराइटी भिलेज एथलेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पहिलो चरणमै पराजित भए ।

महिला ४९ केजीमा रेजिना ९क्यानाडा० तथा ६२ केजी मुनि ज्ञानी ९क्युवा०का खेलाडीसँग पराजित भएका हुन् । उक्त च्याम्पियनसिपमा करिब एक हजार १७५ खेलाडीले प्रतिस्पर्धा गरेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७