सैनिक मुख्यालयको सम्भाररथी र लेखामा सीसीटीभी, ठेकेदारहरुको भागाभाग


२ मंसिर २०७५, आईतवार

काठमाडौं, २ मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र सुधारको थालनी गरेका छन् । उनको सुधार अभियान कार्यकालको अन्तिमसम्म रहने हो कि पूर्ववर्ती राजेन्द्र क्षेत्री जस्तै उनी भ्रष्टाचारको आहालमा डुब्ने हुन् भन्ने आशंका गर्ने ठाउँ छ । किनकि क्षेत्रीले पनि सुरुमा सेनामा सुधारको डंका पिटेर अन्तिममा बदनाम भए । वर्तमान सेनापति थापाले सेनाका हाकिमका श्रीमतीलाई रानी साब भन्ने प्रचलन हटाएर सुधारको थालनी गरेका छन् ।


सेनापति थापाले सेनाको संभाररथी विभाग र लेखामा सीसीटीभी राखेर भ्रष्टाचार बिरुद्ध निगरानी सुरु गर्न लागेका छन् । उनले दशैंअघि सेनामा भ्रष्टाचार छ, अब सून्य सहनशीलता अपनाउँछु भनेका थिए । त्यसैअनुरुप उनले सम्भाररथी र लेखामा सीसीटीभी जडान गर्न लागेका छन् । सम्भाररथी र लेखामा ठेकेदारहरुसँग सेटिङ हुने गरेको गुनासो सार्वजनिक भएपछि उनले सीसीटीभी जडान गर्न लागेका हुन् । सीसीटीभी जडानको कुराले सेनामा सेटिङ गरी ठेक्का लिने ठेकेदारहरुको भागाभाग हुने भएको छ । टेण्डर खुलेदेखि नै सेनाको सम्भाररथी र लेखामा ठेकेदारहरुको सेटिङ हुने गरेको बिषय बारम्बार संचारमाध्यममा आउने गरेको छ । सम्भाररथीमा सेटिङ हुने ठेकेदारले मात्र टेण्डर फर्म लिन सेनाको जंगीअड्डामा जान पाउँथे । सेटिङ नहुनेले टेण्डर फर्म लिन कार्यालयभित्र प्रवेश नपाउने अवस्था विद्यमान छ । सेनाभित्र टेण्डरको सूचनासमेत गोप्य रुपमा छापिने गरेको छ । बजारमा जाने दैनिक पत्रिकाको कपीमा सूचना नछापी गोप्यरुपमा विज्ञापन राखी टेण्डरको सूचना छापेर सेटिङ नभएका ठेकेदारहरुलाई थाहै नदिई ठेक्का दिइने गरेको छ । यसमा पनि सेनापतिले ध्यान दिएर विद्युतीय खरिद निर्देशिकाअनुसार ई टेण्डर गरे सेनाको खरिद पारदर्शी हुने छ ।

सेनापति क्षेत्रीले ठेकेदारहरुसँग अवकाशपछि मात्र भेट्ने जनाउ दिइसकेका छन् । उनीसँग भेट गर्न चाहने ठेकेदारहरुलाई उनले ३ बर्षपछि भेट्नु भन्ने जवाफ दिने गरेको स्रोतले बताएको छ । पूर्वसंभाररथी प्रमुख पूर्ण सिलवाललाई पनि उनले ठेकेदारहरुको बारेमा धेरै दबाब नदिन उनले सचेत गराइसकेका छन् । सिलवाल उनका ज्वाई हुन् । सिलवालले ठेकेदार बिजय श्रेष्ठको वेभ इक्युपमेन्ट ब्याग र डीएमएस बुटमा बढी दररेट भए पनि ठेक्का दिन दबाब दिएपछि उनले हस्तक्षेप नगर्न भनेका हुन् ।

वेभ इक्युपमेन्ट ब्यागको ठेक्कामा कम दरमा प्रस्ताव हाल्ने कम्पनीलाई नदिई बढी दरको बिजय श्रेष्ठको न्यू क्रियसनलाई दिइएको बिषयमा धेरै विवाद भएको छ । डीएमएस बुटको ठेक्का पनि बिजय श्रेष्ठलाई नै दिन सेनापतिमाथि चर्को दबाब छ । जबकि बिजय श्रेष्ठको न्यू क्रियसनको भन्दा २ वटा फर्मले कम दरमा दिने टेण्डर प्रस्ताव गरेका छन् । तेस्रो बढी दरको न्यू क्रियसनलाई दिनका लागि ठूलो चलखेल भइरहेको छ ।
सेनापति क्षेत्रीले सेनाभित्र नक्कली शैक्षिक प्रमाणपत्रको बिषयमा नकारात्मक कुरा बाहिर आएपछि उनले छानबिन गर्ने भएका छन् । र, सबै सैनिक अधिकृतहरुको प्रमाणपत्र उनले सैनिक मूख्यालयमा झिकाएर छानबिन गर्न लागेका छन् । रथी हुुनुपर्ने अनोजबहादुर बस्नेतको नक्कली प्रमाणपत्रकै कारण बढुवा रोकिएको छ । बस्नेतमाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएर बढुवा हुँदै उपरथी भएको आरोप छ ।
सेनामा नक्कली प्रमाणपत्र पेश गरेर लामो समय जागिर खाएको गुनासो आएपछि सेनाले आन्तरिक छानविनलाई अघि बढाएको हो । नेपाली सेनामा यसअघि केहि उच्च अधिकृतहरुले नक्कली प्रमाणपत्र र उमेर किर्ते गरेको देखिएपछि जागिर समेत गएको थियो ।
थापाले सेनामा भ्रष्ट्राचार नियन्त्रणका लागी सैनिक अदालतलाई सक्रिय बनाउने, नक्कली प्रमाणपत्रधारीहरुको छानविन गर्ने, फाष्ट ट्रयाक बढुवा प्रणालीलाई सुधार गर्ने र खरिद प्रक्रियालाई पारदर्शी बनाउने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७